पेट्रोल–डिजेलको मूल्य फेरि बढ्यो | Khabarhub Khabarhub

पेट्रोल–डिजेलको मूल्य फेरि बढ्यो


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ ।

शनिबार राति १२ बजेपछि लागू हुने नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ ।

पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।

निरन्तर बढीरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ८ : ५७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र