कोरोनामा जनताको सारथि बन्दैछ ‘मलम पट्टी’ अभियान | Khabarhub Khabarhub

कोरोनामा जनताको सारथि बन्दैछ ‘मलम पट्टी’ अभियान


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– केही साताअघि यहाँका युवाको अगुवाइमा जुटेको ‘मलम पट्टी’ अभियानले अहिले गाउँगाउँमा पुगेर सेवा दिँदै आएको छ । कोभिड–१९ को विषम परिस्थितिमा नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन निर्माण भएको ‘इलामेलीको पीडामा मल्हम पट्टी’ अभियानले उल्लेखनीय काम गरिरहेको छ ।

अभियानले खडा गरेको राहतमा इलामेसँगै प्रवासमा रहेकाले समेत सहयोग जुटाइरहेका छन् । अभियानले अहिले स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिरहेको छ । अभियानका अभियानकर्मी निरोज खड्गीका अनुसार एक पालिकालाई रु एक लाख ४० हजार बराबरको सामग्री वितरण गरिँदैछ ।

“हाम्रो अभियान निरन्तर चलिरहेको छ, अहिले पनि हामी माई नगरपालिकामा छौँ”, खड्गीले भने, “हामीले स्वास्थ्यका लागि अत्यावश्यक पर्ने सामग्री वितरण गरिरहेका छौँ ।”

अहिले सो अभियानले सेमी फोल्डिड शय्या तीन, सादा शय्या दुई, पिपिई १० सेट, स्यानिटाइजर १० लिटर मास्क ५०० थान, ग्लोब्स ४०० जोर, फेस सिल्ड १०, थर्मल गन एक र अक्सिमिटर तीन थान हस्तान्तरण गरिरहेको छ ।

हालसम्म इलाम नगरपालिकास्थित अस्पतालमा रु छ लाख बराबरको अक्सिजन मेसिन जडान गरेको छ । अन्य नौ स्थानीय तहमध्ये सातमा अभियानले सामग्री पठाइसकेको छ । जिल्लाका देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकामा भने सामग्री पठाउन बाँकी रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वर चिपालुले जानकारी दिए ।

उनका अनुसार सबै स्थानीय तहमा सामग्री वितरणपछि सर्वदलीय र सर्वपक्षीय बैठक राख्ने तथा नयाँ सामग्री कहाँ कहाँ पठाउने छलफल गरिनेछ । बुधबार मात्रै अभियानले नेपाल पत्रकार महासङ्घलाई समेत सामग्री वितरण गरेको थियो । ‘इलामेहरुको पीडामा मल्हम पट्टी’ अभियानअन्तर्गत कोभिड व्यवस्थापन तथा राहत कोष व्यवस्थापन तथा सञ्चालन समितिमा उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासङ्घ, निरोज खड्गी र रतन चौधरी सदस्य छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सङ्क्रमितलाई चाँडो निको बनाउन आयुर्वेदिक उपचारलाई तीव्रता दिइएको छ । मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न जडीबुटी मिश्रित औषधिलाई सङ्क्रमितसमक्ष पुर्‍याउन थालेको हो ।

कोरोना सङ्क्रमितलाई निःशुल्क आयुर्वेदिक औषधि

गत वैशाख २७ गतेबाट औषधालयले अभियान नै चलाएर सकेसम्म सङ्क्रमितको घरघर औषधि पुर्‍याइरहेको छ । औषधालयले गुर्जोचुर्ण, जेष्ठीमधु चूर्ण, त्रिकटु चूर्ण र अश्वगन्धालगायत औषधि सङ्क्रमितलाई निःशुल्क उपलब्ध गराइरहेको छ । औषधिसँगै सङ्क्रमितलाई श्वासप्रश्वासमा सहज गराउन विभिन्न योग विधिसमेत सिकाइरहेको औषधालयका सूचना अधिकारी तीर्थ आचार्यले बताए ।

सो आयुर्वेदिक औषधि सेवन गरेपछि शारीरिक रुपमा केही सहज भएको महसुस भएको इलाम–५ का वडाध्यक्ष ठाकुर श्रेष्ठले बताए। अघिल्लो चरणको कोरोनाबाट सङ्क्रमित भएका श्रेष्ठले यस पटक आफूले पनि यो औषधि सेवन गरेको र इलाम नगरपालिकाका सङ्क्रमितलाई पनि औषधि वितरण गरिएको बताए ।

सो नगरपालिकाका प्रवक्तासमेत रहेका श्रेष्ठले मात्रा मिलाएर सेवन गर्दा सङ्क्रमित निको हुन सजिलो भएको जानकारी दिए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ३ : ५० बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार