‘नागिन ३’ अभिनेता पर्ल पक्राउ | Khabarhub Khabarhub

‘नागिन ३’ अभिनेता पर्ल पक्राउ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउडलाइफ)– भारतीय टेलिभिजन जगतका कलाकारका लागि केही दिन यता निकै खराब साबित हुँदै गएको छ । टेलिफिल्म ‘ये रिश्ता क्या कहलाता है’ अभिनेता करण मेहरालाई उनकी पत्नी निशा रावलले घरेलू हिंसाको आरोप लगाएपछि मुम्बई प्रहरीले पक्राउ गरेको थियो ।

यो घटना सेलाउन नपाउदै मुम्बई प्रहरीले नै ‘नागिन ३’ अभिनेता पर्ल वी पुरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । गए राती प्रहरीले उनलाई पक्राउ गरेको हो ।

‘ब्रह्मराक्षस २’का अभिनेतासमेत रहेका पर्ललाई एक महिलाले बलात्कार तथा दुव्र्यवहारको आरोप लगाएकी थिइन् । पर्लविरुद्ध ती महिला र उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

हाल पर्ल जेलमा छन् । यो मुद्दाको विषयमा अन्य कुनै जानकारी बाहिर आएको छैन । पर्लले पनि यो विषयमा केही बोलेका छैनन् ।

पर्लको नाम टेलिभिजन अभिनेत्री करिश्मा तन्नासँग जोडिएको थियो । उनीहरु डेटमा थिए । तर सम्बन्ध बिग्रिएपछि उनीहरु अहिले एकापसमा राम्रो साथी भनी व्याख्या गर्छन् ।

पर्लले केही महिना अघि मात्र कोरोना भाइरसका कारण पिता गुमाएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ३ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०