अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा १५ प्रतिशत बनाउने बिल संसदमा पेश | Khabarhub Khabarhub

अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा १५ प्रतिशत बनाउने बिल संसदमा पेश


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा दोब्बर बनाउने बिल संसदमा पेश भएको छ ।

अहिले रहेको ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म बनाउने बिल संसदमा पेश गरिएको हो ।

इगल एक्ट २०२१ नामको उक्त बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सदस्य जो लोफग्रेन र रिपब्लिकन सदस्य जोन कुर्तिसले ल्याएका हुन् ।

त्यो बिलमा पारिवारिक ग्रीनकार्डको देशिय कोटा बढाउने प्रस्ताव रहेपनि रोजगारमा आधारित ग्रीनकार्डको देशीय कोटा भने हटाउने प्रस्ताव गरिएको छ ।

द इकोनोमिक टाइम्समा उल्लेख भए अनुसार ईबी टु र ईबी थ्री श्रेणीको ग्रीनकार्डका लागि ९ बर्षको संक्रमण अवधि प्रदान गर्ने तथा संक्रमण अवधिका लागि ५ दशमलव ७५ प्रतिशत भिसा कन्सुलर प्रकृयाका लागि रिजर्भ राख्ने बिलमा समावेश गरिएको छ।

यो बिल पारित भएमा कामदार भिसा एचवान बीका लागि समेत नयाँ प्रावधानहरुको व्यवस्था गर्नेछ । आई १४० आवेदन स्वीकृत भइसकेको २ बर्ष भइसकेका रोजगारमा आधारित ग्रीनकार्डका आवेदकलाई भिसा उपलब्ध हुनु अगाडि पनि ग्रीनकार्डका लागि आवेदनदिनसक्ने व्यवस्था समेत बिलमा छ ।

यो बिल सन् २०२० को डिसेम्बरमा सिनेटबाट पारित एउटा बिलकै संशोधित रुप हो । अमेरिकामा हरेक बर्ष विश्वभरबाट २ लाख २६ हजारसम्मलाई परिवारमा आधारित ग्रीनकार्ड प्रदान गरिन्छ । त्यस्तै रोजगारमा आधारित ग्रीनकार्ड बार्षिक १ लाख ४० हजारसम्मलाई प्रदान गरिन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : ४५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही