दुई युवतीलाई बेच्न खोजेको आरोपमा दम्पत्ती पक्राउ | Khabarhub Khabarhub

दुई युवतीलाई बेच्न खोजेको आरोपमा दम्पत्ती पक्राउ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा-  दुई युवतीलाई बेच्न खोजेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ ।

गोरखाका २० र २२ वर्षीया दुई युवतीलाई ललाफकाई नेपालगञ्जबाट  वीरगन्ज हुँदै भारत लान खोज्ने एक भारतीय दम्पत्तीलाई वीरगञ्जको इनरवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नम्बर ४ का २७ वर्षीय अस्गर सैफी र उनकी श्रीमती तनहुँ दमौली नगरपालिका ५ की सकिना खातुन भनिने सीता थापा क्षत्री छन् ।

ती युवतीलाई उनीहरूको भारतको बेतिया लान लागेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए। नेपालगञ्जमा कन्या पूजा छ, कन्या पूजामा १ घण्टाका लागि जाँदा ५० हजार दिने भनी फकाएर उनीहरूले गोरखाका ती युवतीहरूलाई घरबाटै हिँडाएको पनि खुलेको खनालले जानकारी दिए ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

 

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ११ : ०१ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट