आज विश्व वातारवरण दिवस, वातावरण संरक्षणमा चुनौती कायमै | Khabarhub Khabarhub

आज विश्व वातारवरण दिवस, वातावरण संरक्षणमा चुनौती कायमै


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज विश्व वातावरण दिवस । नेपालमा पनि दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।

यस वर्ष  पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।

तर वातावरण संरक्षणमा यो बेला सरकारीस्तरबाटै वेवास्ता भएको आरोप पनि लागेको छ । वातावरण जोगाउन क्रियाशील हुनुपर्ने सरकार नै चुरे क्षेत्र मासेर वातावरण संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्राकृतिक सम्पदाको दोहनमा लागेको भन्दै विज्ञहरूले आलोचना गरेका छन् ।

यसअतिरिक्त धुँवाधुलो, बढ्दो शहरीकरण, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासी, खेतियोग्य जमिनमा भएको प्लटिङ, बन फडानीलगायतका वातावरण संरक्षणविपरितका क्रियाकलापले स्वच्छ वातावरणमा बस्न पाउने नागरिकको मौलिक हक समेत हनन् भएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ८ : २५ बजे

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको