आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी | Khabarhub Khabarhub

आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी

निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५१ पुग्यो


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । आजदेखि बाजुरा, रोल्पा, महोत्तरी, म्याग्दी, मुगु र तनहुँमा निषेधाज्ञा जारी भएको छ ।

बाजुरामा बिहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ । त्यस्तै रोल्पामा बिहान ६ बजेदेखि निषेधाज्ञा शुरू भएको छ ।

महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा मध्यराति १२ बजेदेखि निषेधाज्ञा जारी हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा बिहीबार बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । बिहीबारदेखि भने निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ ।

निषेधाज्ञा लगाउँदासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ ।

कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : १५ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का