यी सम्बन्ध विच्छेदहरू | Khabarhub Khabarhub

यी सम्बन्ध विच्छेदहरू


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माइक्रोसफ्टका निर्माता, संसारका चौथो धनी व्यक्ति बिल गेट्सको वैवाहिक सम्बन्ध अन्त्य भएको छ । बिहे भएको २७ वर्षपछि बिल गेट्स र उनकी पत्नी मेल्डिना गेट्सको सम्बन्ध विच्छेद भएको हो ।

दुवैले जोडीको रूपमा अब लामो समय रहन नसक्ने ठहर गर्दै यस्तो निर्णय गरेका हुन् । थुप्रै सल्लाहपछि आफूहरू सम्बन्ध विच्छदको निर्णयमा पुगेको पनि ट्वीटमा उल्लेख गरेका छन् ।

सन् १९८० मा मेल्डिना माइक्रोसफ्ट कम्पनीमा कर्मचारीका रूपमा प्रवेश गरेपछि यी दुईको चिनजान भएको थियो । उनीहरूका तीन सन्तान भए । दम्पतीका नाममा ‘बिल एन्ड मेल्डिना गेट्स फाउन्डेसन’ पनि छ । यो फाउन्डेसनले संक्रामक रोग तथा बालबालिकाहरूको भ्याक्सिनमा अर्बौं डलर खर्चने गरेको छ ।

बिल गेट्सको सफलताको यात्रा सन् १९७० मा स्थापित संसारको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टसँग सम्बन्धित छ ।

सौहार्दरूपमा छुट्टिएका गेट्स दम्पतीले बितेको २७ वर्ष स्वर्णिम रहेको र तीन सन्तानको भविष्य पनि उज्ज्वल भएको जनाएका छन् । फाउन्डेसनले निरन्तरता पाउने र यसमा सहकार्य जारी राख्ने पनि जनाएका छन् ।

संसारका धेरै यस्ता जोडी छन् जसले विवाह अघि वर्षौं प्रेम गरे । केही सन्तान जन्माए अनि बिहे गरे । बिहेपछि चाँडै सम्बन्ध विच्छेद गरे ।

हाल ५६ वर्ष उमेरकी मेल्डिना सन् १९८७ मा प्रडक्ट मेनेजरको रूपमा माइक्रोसफ्टमा प्रवेश गरेकी थिइन् । त्यसै वर्ष विजनेस डिनरको सिलसिलामा उनी र बिल गेट्स नजिक भएका थिए । नजिकिँदै गएपछि सन् १९९४ मा उनीहरूले बिहे गरे ।

लनाइको हवाइन टापुमा हेलिकोप्टर चार्टर गरेर उनीहरूले बिहे गरेका थिए । आफूहरूले नचाहेका व्यक्ति उपस्थित यसरी बिहे गरेका थिए । सामाजिक सेवामा आफूलाई समर्पित गर्ने उद्देश्यले बिलले गत वर्ष ६५ वर्षको उमेरमा माइक्रोसफ्टबाट हात झिकेका थिए ।

बिल-मेल्डिना जोडीले सन् २००० मा सिटलमा ‘बिल एन्ड मेल्डिना फाउन्डेसन’ स्थापना गरे । स्वास्थ्य, शिक्षा र मौसम परिवर्तनको विषयमा सक्रिय यो फाउन्डेसनले कोरोना भाइरसको भ्याक्सिनको अध्ययनका लागि १.७५ अर्ब डलर सहयोग गरेको थियो ।

बिल-मेल्डिना जोडी आदर्शरूपमा लिइन्थ्यो । मेल्डिनाले सधैँ बिल र आफू बराबरीको हिस्सेदार भएको भन्दै महिला र पुरुषको बराबरी सबैले मनन गर्नुपर्नेमा जोड दिने गरेकी थिइन् । पछिल्लो समय उनले ‘द मोमेन्ट अफ लाइफ’ मा बाल्यकाल, लोकप्रिय व्यक्तित्वको पारिवारिक सङ्घर्ष र तीन बच्चाको आमाको रूपमा घरमा बिताएको समयका बारे लेखेकी थिइन् ।

फाउन्डेसनमा सक्रिय भएपछि बिलले समानताको कुरा महसुस गर्न थालेको र आफूले पनि समान रूपले जिम्मेवारी बहन गर्ने भन्ने कुरा बुझ्दै आएको मेल्डिनाले लेखेकी छन् । फाउन्डेसनमा सक्रिय रहँदै सन् २०१५ मा उनले वित्तीय संस्थाको रूपमा नयाँ व्यवसाय शुरू गरिन् । यसमा महिलालाई बढी प्राथमिकता दिइन् ।

व्यवसायको दुनियाँमा बिल-मेल्डिना अनुपम जोडी टुटेको घटना धेरै सञ्चारमाध्यम छायो । पछिल्लो २४ घण्टा संसारका धेरै सञ्चार माध्यमका ट्रेन्डिङको समाचार गेट्स दम्पतीको सम्बन्ध विच्छेद नै रह्यो ।

संसारका धेरै युवाहरूले टिनएजमा पप गीतकी रानी म्याडोनाको पोस्टर भित्तामा टाँसे होलान् । संसारमै पप सङ्गीतलाई नयाँ आयाम दिने यी गायिकाले सन् २००८ मा फिल्म निर्देशक डाइ रिटचीसँग बिहे गरेकी थिइन् । आठ वर्षपछि सम्बन्ध विच्छेद भयो ।

कला र रङ्ग क्षेत्रमा सम्बन्ध विच्छेदका घटना धेरै हुने गरेका छन् । संसारमा लोकप्रिय रहेका धेरै जोडी छन्, जसको प्रेम, विवाह र सम्बन्ध विच्छेदको घटना आमव्यक्तिका लागि आश्चर्यजनक लाग्न सक्छ ।

सन् २००१ मा गायिका, अभिनेत्री तथा कार्यक्रम प्रस्तोता पामेला एन्डरसनले सन् १९९५ मा वेड् ली क्रेयुसँग बिहे गरेकी थिइन् । एन्डरसनले व्यावसायिक जीवन ‘एन्डरसन ली’ नामबाट अघि बढाएकी थिइन् । आखिर लीलाई श्रीमतीमाथि यौन दुराचार गरेको आरोपमात्र लागेन, यही आरोपका कारण उनी ६ महिला जेल बस्नु प¥यो । सन् १९९८ मा यी दुईको सम्बन्ध विच्छेद भयो ।

एन्डरसनले ट्याटु खोप्दा ली र आफूले एउटै सुई प्रयोग गरेका कारण आफूलाई हेपाटाइटिस सी संक्रमण भएको भनेर सन् २००३ मा बताइन् । उनले आफू १५ वर्षभन्दा बढी नबाँच्ने कुरा सञ्चार माध्यममा भनिन् । उपचारपछि उनी ठिक भइसकेकी छिन् ।

लीसँग सम्बन्ध विच्छेद भएपछि एन्डरसनले स्केनबर्गसँग सम्बन्ध जोडेकी थिइन् । यो सन् २००१ मा टुटेको थियो । उनले लगत्तै गायक किड रकसँग प्रेम शुरू गरिन् । यो पनि दुई वर्षपछि ब्रेक अप भएको कुरा सार्वजनिक भयो । फेरि पछि सन् २००६ को जुलाईमा त यी दुईको बिहे भयो । यही वर्षको नोभेम्बरमा सम्बन्ध विच्छेद भयो ।

सन् २००७ को अक्टोबरमा एन्डरसनले फिल्म निर्माता रिक सालोमनसँग बिहे गरिन् । उनले सन् २००८ को फेब्रुअरीमा यो बिहे नै झुटो भन्दै अदालतमा मुद्दा दायर गरिन् ।

तिनै एन्डरसनले सन् २०१४ मा फेरि सालोमनसँग दोस्रो पटक बिहे गरेको कुरा सार्वजनिक गरिन् । सन् २०१५ मा उनले फेरि सम्बन्ध विच्छेद गरिन् ।

सन् २०२० को जनवरीमा उनले हलिउडका फिल्म निर्माता जोन पिटर्ससँग बिहे गरिन् । १ एन्डरसनले लगत्तै फेब्रुअरीमा आफूहरू छुट्टिएको घोषणा गरिन् । सोही वर्षको अन्त्यमा उनले अङ्ग रक्षक डान हारेस्टसँग बिहे गरिन् ।

संसारका धेरै युवाहरूले टिनएजमा पप गीतकी रानी म्याडोनाको पोस्टर भित्तामा टाँसे होलान् । संसारमै पप सङ्गीतलाई नयाँ आयाम दिने यी गायिकाले सन् २००८ मा फिल्म निर्देशक डाइ रिटचीसँग बिहे गरेकी थिइन् । आठ वर्षपछि सम्बन्ध विच्छेद भयो ।

हलिउडको सर्वाधिक सफल नाम ब्राड पिट र जेनिफर एनिसटनको जोडी पनि पाँच वर्ष टिक्न पाएन । यो जोडी सन् १९९० को दशकमा पर्दामा र पर्दा बाहिर पनि उत्तिकै लोभलाग्दो थियो । सन् २००५ मा सम्बन्ध विच्छेद भयो ।

हेर्दा बारम्बारको प्रेम र सम्बन्ध विच्छेद देखिए पनि यथार्थ फरक हुने गरेको छ । सम्बन्ध विच्छेदका हरेक घटनाका कारण फरक हुन सक्छन् । दुई जनाका बीचमा नियमित वार्ता नहुनु, एक अर्कालाई नबुझ्नु, शारीरिक रूपमा नजिक नहुनु, आपसमा विश्वास नहुनु लगायत अनेकौँ कारण हुन सक्छन् ।

उनीहरूको सम्बन्धले थुप्रै फ्यानको मन दुःखित भएको थियो । सम्बन्ध विच्छेदको कारण यकिन छैन । परन्तु, एउटा हल्ला के छ भने ब्राड बच्चा चाहन्थे तर जेनिफर चाहन्न थिइन् । कारण जेसुकै भए पनि त्यो एउटा सनसनीपूर्ण समाचार थियो ।

नायक टम क्रुज र नायिका निकोल किडम्यानको सम्बन्ध विच्छेदको घटना झनै आश्चर्यजनक छ । सन् १९८९ मा फिल्म ‘डेज अफ थन्डर’ को काम गर्ने सिलसिलामा यिनीहरूको भेट भयो र प्रेम शुरू भयो । सन् १९९० को डिसेम्बरमा यी दुईले बिहे भयो ।

बिहे गर्दा यो जोडीले थुप्रै फिल्ममा सँगै काम मात्र गरेको थिएन, दुई जना बच्चा एडप्ट पनि गरेको थियो ।

सन् २००१ मा यी दुईले सम्बन्ध विच्छेद गरे । धेरैले यो सम्बन्ध विच्छेदको कारण ‘चर्च अफ साइन्टोलोजी’ भने । यो भन्दा अघि सन् १९८७ मा क्रुजको अभिनेत्री मिमी रोजर्ससँग बिहे भएको थियो । रोजर्स र क्रुजको यो सम्बन्ध सन् १९९० मा टुटेको थियो ।

टम क्रुजको सन् २००५ मा केटी होल्म्ससँग हिमचिम बढ्यो । सन् २००६ मा छोरी जन्मेपिछि दुई जना थुप्रै हलिउड स्टारको उपस्थितिमा बिहे भयो । यी दुईले पनि सन् २०१२ मासम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर गरे ।

चर्चित गल्फ खेलाडी टाइगर उडको सम्बन्ध विच्छेदको कहानी भने फरक छ । सन् २०१० मा लगातार आफूले श्रीमतीलाई चिट गरेको स्वीकार गरे । यसपछि १० करोड अमेरिकी डलर जरिवाना तिरे र श्रीमती एलिन नोडरग्रीनसँगको सम्बन्ध पनि सधैँका लागि सकियो ।

संसारमा पारपाचुकेको घटना धेरै बढ्यो । बिसौँ शताब्दीदेखि नै यो क्रम बढ्दो छ । सन् २०१८ को एक सर्वेका अनुसार अमेरिकामा ५० प्रतिशत दम्पतीको सम्बन्ध विच्छेद हुने गरेको छ । विकसित भनिएका देशहरूमा यो क्रम अझ बढ्दो छ ।

सम्बन्ध विच्छेद जे कारणले भए पनि, जसको भए पनि, धनी या गरिब जे भए पनि यो पीडाजनक नै हुन्छ नै । निश्चित छ, जति सुकै धनी भए पनि बिल गेट्सका लागि पनि अहिलेको समयमा पीडाकै हो ।

मनोविश्लेषकहरू धनी होओस् कि गरिब सम्बन्ध विच्छेद सधैँ पिडादायी हुन्छ भन्छन् । अस्ट्रेलियाका मनोविश्लेषक टम एन्डरसन तनावका कारण सम्बन्धमा तुषारपात हुने र सम्बन्ध विच्छेदसम्म पुग्ने बताउँछन् । उनी कुनै कुराको तनाव भयो भने ध्यान अन्यत्र लगेर तनाव कम गर्न सुझाव दिन्छन् ।

टेलर किन्नी र लेडी गागा सन् २०११ मा एक आपसमा रहँदा खुसी थिए । यो सम्बन्ध सन् २०१६ भन्दा अघि बढ्न सकेन । दुवैले एक अर्कालाई धेरै माया गर्ने जनाउँदै आफूहरू छुट्टिएको घोषणा गरे । उनीहरूले कामको प्रकृति नमिलेका कारण उनीहरूले छुट्टिएको बताए ।

संसारका धेरै यस्ता जोडी छन् जसले विवाह अघि वर्षौं प्रेम गरे । केही सन्तान जन्माए अनि बिहे गरे । बिहेपछि चाँडै सम्बन्ध विच्छेद गरे ।

हेर्दा बारम्बारको प्रेम र सम्बन्ध विच्छेद देखिए पनि यथार्थ फरक हुने गरेको छ । सम्बन्ध विच्छेदका हरेक घटनाका कारण फरक हुन सक्छन् । दुई जनाका बीचमा नियमित वार्ता नहुनु, एक अर्कालाई नबुझ्नु, शारीरिक रूपमा नजिक नहुनु, आपसमा विश्वास नहुनु लगायत अनेकौँ कारण हुन सक्छन् ।

सम्बन्ध विच्छेद जे कारणले भए पनि, जसको भए पनि, धनी या गरिब जे भए पनि यो पीडाजनक नै हुन्छ नै । निश्चित छ, जति सुकै धनी भए पनि बिल गेट्सका लागि पनि अहिलेको समयमा पीडाकै हो । (एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : ५२ बजे

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।