पाकिस्तानमा इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब | Khabarhub Khabarhub

पाकिस्तानमा इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– विश्व आतंकवादी गतिविधि निगरानी राख्ने निकाय फाफ्टले पाकिस्तानलाई खैरो सूचीमा राखेपछि इस्लामिक लडाकु समूह हिज्बुल मुजाहिदीनका नेतामाथि कारबाहीको दबाब बढेको छ ।

फाफ्टले आतंकवादी गतिविधिमाथि कारबाही गर्न पाकिस्तान असफल रहेको भन्दै खैरो सूचीमा राखेपछि लडाकु समूह हिज्बुल मुजाहिदीनका नेता सएद सलाहुदीनमाथि कारबाहीको दबाब बढेको हो । खैरो सुचीमा परेपछि पाकिस्तानले लडाकु नेता सलाहुदीनमाथि कारबाही गर्नुपर्ने दबाब सिर्जना भएको छ ।

पाकिस्तानले आतंकवाद गतिविधि गर्नेमाथि वित्तीय प्रतिबन्ध लगाउनुपर्ने तथा आतंकवादीलाई वित्तीय सहयोगमाथि अनुसन्धान गर्नुपर्ने फाफ्टले निर्देन गरेको थियो ।

सन् २०१७ मा अमेरिकी विदेश मन्त्रालयले मोहम्मद युसुफ साह (सएद सलाहुदीन) लाई कार्यकारी आदेश १३२२४ को १ बी धारा अन्तर्गत विश्व आतंकवादीको सूचीमा राखेको थियो । जस अन्तर्गत अमेरिकी आन्तरिक सुरक्षा, अर्थतन्त्र, विदेश नीतिमाथि खतरा पुर्‍याउने जस्ता गतिविधि गर्नेमाथि प्रतिबन्ध लगाउने नियम छ ।

यसले हिज्बुल नेता सलाहुदीनसँग कुनै प्रकारको आर्थिक कारोबार, समबन्ध कायम गर्न अमेरिकी नागरिकमाथि रोक लागाइएको छ । काश्मीर क्षेत्रमा सक्रिय गतिविधि गर्ने हिज्बुल मुजाहिदीनका नेता सलाहुदीनलाई पाकिस्तानी सेना तथा गुप्तचर संस्था आईएसआईको संरक्षण रहेको बताइन्छ ।

हालसम्म सलाहुदीनको नेतृत्वमा हिज्बुल मुजाहिदीन लडाकु समुहले विभिन्न आक्रमणहरुको जिम्मा लिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ४७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द