सैनिक ‘कु’विरुद्ध म्यानमारी सुन्दरी हानको यस्तो आक्रोश | Khabarhub Khabarhub

सैनिक ‘कु’विरुद्ध म्यानमारी सुन्दरी हानको यस्तो आक्रोश


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्मा– सौन्दर्य प्रतियोगिता विजेता एक सुन्दरीको कुनै भनाई राष्ट्रिय पत्रपत्रिकामा चर्चाको विषय बनेको उदाहरण सायदै त कमै होला ।

तर जब ‘मिस ग्राण्ड म्यानमार’ हान लेले गत हप्ता देशमा सेनाले गरेको अत्याचारको बारेमा आफ्ना भनाई राखिन्, त्यो भनाईले सारा विश्वको ध्यान उनीतिर नै तानियो ।

‘आज मेरो देश म्यानमारमा कैयौं मानिसहरु मारिएका छन् । कृपया हामीलाई सहयोग गर्नुहोस् । हामीलाई अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग चाहिएको छ’, थाइल्याण्डमा भएको ‘मिस ग्राण्ड इन्टरनेशनल २०२०’मा हानले भनेकी थिइन् ।

यो समारोह भन्दा करिब एक महिनाअघि २२ वर्षकी हानले म्यानमारको सबैभन्दा ठूलो सहर यंगूको सडकहरुमा सैन्य ‘कु’को विरोध गरिरहेकी थिइन् ।

दुई महिनाअघि म्यानमारका सेनाले ‘कु’ गरेर देशको सर्वोच्च नेता आङ साङ सु कीसमेत कैयौं नेताहरुलाई गिरफ्तार गरेको थियो र सत्ता आफ्नो हातमा लिएको थियो ।

गत वर्षको नोभेम्बर ८ मा आएको चुनावी परिणामा सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले ८३ प्रतिशत सिट जित हासिल गरेको थियो । यो चुनावलाई कैयौंले सुकीको सरकारको जनमत संग्रहको रुपमा हेरेका थिए । सन् २०११ मा सैन्य शासन सकिएपछि यो दोस्रो चुनाव थियो ।

सेनाको ‘कु’को विरोधमा हजारौं मानिसहरुले देशको सडकमा आएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई हटाउन सेनाले पहिला फोहोराको प्रयोग गरेको थियो । त्यसपछि पनि विरोध नथामिएपछि सेना र प्रहरीले सुरुमा रबरको गोली, त्यसपछि वास्तविक गोली चलाए ।

गत शनिबार म्यानमारमा जारी विरोध प्रदर्शन सबैभन्दा दुःखद थियो । यो दिन एकैदिन सबैभन्दा बढी प्रदर्शनकारी मारिएका थिए ।

म्यानमारमा चलिरहेको गतिविधिलाई नियालिरहेको एक स्थानीय समूहका अनुसार विगत दुई महिनादेखि जारी प्रदर्शनमा हालसम्म करिब पाँच सय बढीको मृत्यु भइसकेको छ । सेभ द चिल्ड्रेनका अनुसार मृतकमध्ये ४३ बच्चा पनि छन् ।

हान यंगून विश्वविद्यालयमा मनोविज्ञानकी छात्रा छिन् । उनले आफ्नो देशको बारेमा अन्तर्राष्ट्रियस्तरमा कुरा गर्ने प्रतिबद्धता जनाएकी छन् । त्यहीकारण उनले सौन्दर्य प्रतियोगिताको मञ्चलाई आफ्नो भनाई राख्ने उपयुक्र्त स्थान मानिन् ।

‘म्यानमारमा पत्रकारहरुलाई हिरासतमा लिइएको छ । यसकारण मैले यो निर्णय लिएकी छु कि जे भइरहेको छ, त्यसको विरोधमा आवाज उठाउनेछु’, बैंककबाट उनले फोनमा बीबीसीसँग भनेकी छन् ।

दुई मिनेटको आफ्नो भाषणका कारण देशको सेनाको निशानामा पर्ने भएर उनी अझैं तीन महिनासम्म थाइल्याण्डमै रहनेछिन् । उनले थाइल्याण्डमा आउनु अघि नै उनले आफू खतरामा रहेको र केही समय देशभन्दा बाहिर बस्नुपर्ने महशुस गरेको खुलाएकी छन् ।

‘मलाई मेरो र आफ्नो परिवारको सुरक्षाको बारेमा चिन्ता छ । मैले सेना र देशको वर्तमान अवस्थाका बारेमा धेरै कुरा बोलिसकेकी छु । म्यानमारमा सेनाको बारेमा कुराकानी गर्ने विषयमा सबैलाई आफ्नो दायरा थाहा छ । मेरो साथीहरुले मलाई म्यानमार नफर्किन भनिसकेका छन्’, हानले भनेकी छन् ।

हानका अनुसार उनको भनाईपछि न त सेनाले न त कुनै सरकारी अधिकारीले उनीसँग सम्पर्क गरेका छन् । यद्यपि उनको सामाजिक सञ्जालमा भने धम्कीपूर्ण प्रतिक्रिया आइरहेको छ ।

हानले सैन्य ‘कु’पछिको सातामा उनीसँग विरोध प्रदर्शनमा सहभागी कैयौं छात्रा अहिले जेलमै रहेको बताइन् । उनको एक साथीको मृत्यु भएको छ ।

‘ऊ त विरोध प्रदर्शनमा सहभागी पनि भएको थिएन । ऊ कफीका लागि बेलुका एक रेष्टुरेन्टमा गएको थियो, तर उसलाई गोली हानेर मारियो’, उनले भनेकी छन् ।

हानको परिवार अहिले सुरक्षित छ । तर हालका दिनमा म्यानमारमा इन्टरनेट सम्पर्क राम्रो नभएका कारण उनले आफ्नो परिवारसँग राम्ररी सम्पर्क गर्न पाएकी छैनन् । हान सुकीलाई आफ्नो सबैभन्दा ठूलो प्रेरणा मान्छिन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : १० बजे

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।