मन्त्री ज्ञवालीको प्रश्न : संसदले एमसीसी लगायतका सन्धि किन अघि बढाएन ? | Khabarhub Khabarhub

मन्त्री ज्ञवालीको प्रश्न : संसदले एमसीसी लगायतका सन्धि किन अघि बढाएन ?


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसदलाई सरकारले बिजनेस नदिएको भन्ने सांसदहरूको भनाइ अस्वीकार गरेका छन् ।

उनले विभिन्न सन्धि संदमा दर्ता भएको तर अघि नबढेको भन्दै सदनले त्यसको जवाफ दिनुपर्ने बताए ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले सदनमा दर्ता भएका एमसीसी लगायतका सन्धि किन अघि बढाइएन यसको सदनले जवाफ दिनुपर्ने बताए ।

मन्त्री ज्ञवालीले भने, ‘विभिन्न सन्धिहरू सदनमा सरकारले अनुमोदनका लागि पेस गरेको छ । किन अगाडि बढेका छैनन् ? म भन्न सक्दैन । सदनको एजेन्डा सरकारले तय गर्ने होइन । सरकारले दर्ता गर्ने हो ।’

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले एमसीसीलगायतका सन्धि सदनबाट अगाडि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गरेका थिए।

सोही प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारले दर्ता गराएको तर संसदले किन अघि नबढाएको भन्ने जवाफ मागे ।

‘एमसीसी भन्नुस्, आईएईएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धिहरू अनुमोदनका लागि दर्ता सरकारले गरेको छ’ उनले भने, ‘हामी त सधैं तयार छौं। सदनले किन अगाडि बढाइरहेको छैन। सदन स्वयंले यसको जवाफ दिनुपर्छ।’

सत्तारूढ दलभित्र नै विवाद हुँदा अमेरिकी सहयोग निकाय एमसीसीसँग भएको सम्झौता लामो समयदेखि संसद्‌मा दर्ता भएर विचाराधीन छ।

विश्वासको मत लिनुपर्दैन

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु नपर्ने दाबी गरे । उनले माओवादी केन्द्रको समर्थन कायमै रहेकाले विश्वासको मत लिनु आवश्यक नरहेको बताए ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा विभाजित भएको भन्दै प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकारले विश्वासको मत लिनुपर्ने धारणा राखे । सरकार संविधानअनुसार नै चलेको बताउँदै उनले अहिले विश्वासको मत लिन जरुरी नरहेको बताए ।

उनले भने,‘यो सरकार गठन हुने बेलामा नेकपा माओवादीले समर्थन गरेको थियो । २०७४ साल फागुन २७ गते विश्वासको मत लिएको हो । नेपाली कांग्रेस अहिले पनि प्रतिपक्षमा रहेको छ । यो पत्र सदनमा राम्रोसँग रहनुपर्छ । यो सरकार कसरी उद्गम भएको हो भन्ने राम्रोसँग जानकारी लिनुपर्छ । सरकार संविधानसम्मत ढंगले चलिरहेको छ । संविधानले भनेको बाटोमा हिड्न बाञ्छनीय हुन्छ ।’

सीमा सुरक्षाका लागि सरकार प्रतिबद्ध

सम्बोधनकै क्रममा मन्त्री ज्ञवालीले सीमा सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले दार्चुलाको सिमाना रहेको महाकाली नदीमा भारतले बनाइरहेको बाँधका सम्बन्धमा भारतलाई सरकारले ध्यानाकर्षण गराएको बताए ।

महाकाली नदीको किनारामा भारतले बनाएको पर्खालको अध्ययन गर्न नेपाल र भारत सहमत बनेको समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले भने,‘आगमी अप्रिल १२ तारिख अर्थात् आजको एक सातामा नेपाल र भारत दुबै देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने र ठिक ढंगले बनेको छ कि छैन भनेर अध्ययन गर्नेछ र तथ्या प्रमाण अघि सार्नेछ ।’

गत विहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले उक्त तटबन्ध भारतले एकतर्पी निर्माण जारी राखेको विषयमा वार्ता गर्न सरकारलाई निर्देशन दिएको थियो ।

राष्ट्रपतिको भ्रमण उपलब्धिमूलक

सम्बोधनकै क्रममा मन्त्री ज्ञवालीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको बंगलादेश भ्रमण उपलब्धिमूलक भएको बताए ।

संसदको विषेश समयमा मन्त्री ज्ञवालीले राष्ट्रपतिको भ्रमणका क्रममा विभिन्न सम्झौता भएको जानकारी दिए । उनले राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्ध थप सुमधुर भएको बताए ।

उनले भने,‘सम्माननीय राष्ट्रपतिको बंगलादेश भ्रमणले मुलतः दुई देशको सम्बन्ध थप प्रगाढ बनेको छ ।’

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ०८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न