चार्ल्स शोभराज चिनाउने यी फिल्म | Khabarhub Khabarhub

चार्ल्स शोभराज चिनाउने यी फिल्म


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको अपराधका केही किस्सा यस्ता छन्, जसलाई सुन्दा जोकोही व्यक्तिको मुटु नै काम्दछ ।

शोभराजको पिता भारतीय र आमा भियतनामी मूलका थिए । उनी सानैदेखि तेज र चलाख थिए । उनले करिब १० विदेशी व्यक्तिको हत्या गरे । उनी कानूनका विषयमा पोख्त छन् ।

टीभीनाइन हिन्दी डटकममा प्रकाशित समाचार अनुसार चार्ल्स पक्राउ पर्नुअघि उनी हत्याका अलावा कार चोरी जस्ता मामलामा पनि संलग्न थिए । उनलाई ‘बिकिनी किलर’का रुपमा समेत चिनिन्छ । उनले हत्या गरेका युवतीहरुको लाश बिकिनीमा भेटिएकाले नै उनलाई ‘बिकिनी किलर’ भनिएको थियो ।

युवा अवस्थामा उनी ‘द स्पिलटिङ किलर’ र ‘द सर्पेंट’ नामले पनि चिनिन्थे । यिनै शोभराजका बारेमा हलिउडमा धेरै फिल्म बनेका छन् । उनी प्रत्येक वर्षको अप्रिल ६ मा आफ्नो जन्मदिन मनाउछन् ।

शोभराजको जीवनमा आधारित सिरिज ‘द सर्पेंट’ यतिबेला ओटीटी सीरीजमा निकै चर्चाको विषय बनेको छ । यो फिल्ममा फ्रान्सेली मूलका अल्जीरियाई अभिनेता तहर रहीम प्रमुख भूमिकामा छन् । जसले शोभराजको भूमिका निर्वाह गरेका छन् ।

आठ भागको यो सिरिज शोभराजको जीवनमा आधारित नयाँ शो हो । जसमा शोभराजलाई एक निर्दयी हत्याराका रुपमा देखाइएको छ ।

फिल्म ‘स्नेक’ अहिले रिलिज भएको छैन । फारुख ढोंडीको अनुसन्धान र शोभराजसँगको साक्षात्कारमा आधारित यो सिरिज तीन सिजन हिन्दी र अंग्रेजीमा बन्नेछ । यो सिरिज जी५मा रिलिज हुनेछ ।

शोभराजको जीवनमा आधारित प्रवाल रमनको फिल्म ‘मे और चाल्र्स’ सन् २०१५ मा रिलिज भएको थियो । फिल्ममा अभिनेता रणदीप हुड्डाले प्रमुख भूमिकामा अभिनय गरेका थिए ।

फिल्ममा शोभराजको मामला हेरिरहेका वरिष्ठ प्रहरी अधिकृत आमोद कंठको भूमिकामा आदिल हुसेनले अभिनय गरेका थिए । यो फिल्म प्रभावशाली भए पनि यसले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन ।

सन् २००४ मा फिनल्याण्डका निर्माता जान वेलमेनले ‘शोभराज, ओर आउ टु बी फ्रेण्डस् विद ए सीरियल किलर’ नामक वृत्तचित्र बनाएका थिए । वृत्तचित्रमा शोभराजलाई कसरी सन् २००३ को सेप्टेम्बर २२ मा पक्राउ गरिएको थियो भन्ने देखाइएको थियो ।

त्यस्तै सन् १९८९ मा रिचर्ड नेविल र जूली क्लार्कको पुस्तक ‘द लाइफ एण्ड क्राइम्स अफ चाल्र्स शोभराज’ मा आधारित रहेर टेलिभिजन फिल्म ‘स्याडो अफ द कोबरा’ निर्माण गरिएको थियो , दुई घण्टा ४५ मिनेटको यो फिल्म दुई भागमा विभाजन गरिएको थियो ।

यो फिल्ममा सन् १९७० को दशकमा दक्षिण पूर्वी एसियामा शोभराजले पश्चिमी पर्यटकलाई कसरी आक्रमण गरेका थिए भनेर देखाइएको थियो ।

यो फिल्ममा पाकिस्तानी मूलका ब्रिटिस अभिनेता आर्त मलिकले शोभराजको भूमिका निभाएका थिए । त्यस्तै अष्ट्रेलियाली अभिनेत्री हेनेल बुडेले शोभराजको प्रेमिका मोनिक लेक्लरको भूमिकामा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : ३० बजे

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ