कमाइमा अब्बल शाहरुखकी गौरी | Khabarhub Khabarhub

कमाइमा अब्बल शाहरुखकी गौरी


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता शाहरुख खान भारतका सबैभन्दा धनी अभिनेतामध्ये एक हुन् । हालैमात्र उनले आफ्नो फिल्म ‘पठान’का लागि सय करोड पारिश्रमिकको माग गरेको समाचार सार्वजनिक भएको थियो ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार शाहरुखसँगै उनकी श्रीमति गौरी खान फिल्म निर्माता तथा डिजाइनर हुन् । उनी कमाइको मामलामा शाहरुखभन्दा कम छैन ।

शाहरुख र गौरी बलिउडको शक्तिशाली जोडीमा गनिन्छन् । दुवैको सन् १९९१ मा विवाह भएको हो । उनीहरुको आर्यन, सुहाना र अबराम गरी तीन सन्तान छन् ।

शाहरुख भारतको सबैभन्दा महंगो अभिनेता भए जस्तै श्रीमति गौरी भारतकै ठूलो इन्टेरियर डिजाइनर हुन् । उनले मुकेश अम्बानी, रोबर्टो काभाली र राल्फ लाउरेन जस्ता हस्तीको घर डिजाइन गरेकी छन् ।

गौरीको आफ्नो प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्ट छ । सन् २०१८ मा फच्र्युन म्यागाजिनले उनलाई ‘५० शक्तिशाली महिला’को सूचीमा राखेको थियो ।

शाहरुख र गौरीको वार्षिक आम्दानी करिब २ सय ५६ करोड नजिक छ । जहाँ शाहरुखको नेट वर्थ ५१ सय करोड छ भने गौरीको १६ सय करोड छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १ : ३० बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को