आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ | Khabarhub Khabarhub

आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्रहरीले आमाको हेरचाह नगरेको उजुरीका आधारमा राष्ट्र बैंकमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।

आफ्नी आमालाई हेरचाह नगरेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई पक्राउ गरको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘आमालाई हेरचाह नगरी हेला गरेको भन्दै उनै आमाले उजुरी दिएपछि हामीले ज्येष्ठ नागरिक ऐनअन्तर्गत राष्ट्र बैंककी कर्मचारीलाई नियन्त्रणमा लिएका हौं ।’

प्रहरीका अनुसार अहिले अदालतबाट अनुमति लिएर उनलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ५५ बजे

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न