ठूला मान्छेका बेइमानी स्वीकार गर्दैन अमेरिकी समाज | Khabarhub Khabarhub

ठूला मान्छेका बेइमानी स्वीकार गर्दैन अमेरिकी समाज


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको इतिहासमा चर्चित ‘वाटर गेट काण्ड’ का एक योजनाकार जी जोर्डन लिड्लीको यसै साता निधन भएको छ । ९० वर्षीय जोर्डनको मृत्यु भएको उनका छोरा थोमसले बाबुको मृत्यु भएको पुष्टि गरे ।

जोर्डनले सन् १९७२ मा भएको वाटर गेट काण्डमा आफूलाई कुनै पश्चात्ताप र ग्लानि नरहेको बताउने गरेका थिए । यस काण्डमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिएका थिए ।

सन् १९३० मा जन्मिएका जोर्डन बाल्यकालमा कमजोर मानिन्थे । उनी भने एकान्तमा बसेर रेडियोमा एडोल्फ हिटलरको भाषण सुन्थे । हिटलरले भनेजस्तै एक जना व्यक्तिको साहसले एउटा देशको इतिहास नै बदल्न सक्छ र युग परिवर्तन गर्न सक्छ भन्नेमा उनी विश्वास राख्थे ।

यसै विश्वासका साथ डर भगाउन उनी ११ वर्षको उमेरमा खरायो पोलेर खान्थे । उनले मुसासँगको डर हटाउन यसो गरेको आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।

सेनाका जागिरे जोर्डन कानुन विद्यालयबाट स्नातक थिए । एफबीआइमा आबद्ध उनी रिचर्ड निक्सनको अर्को कार्यकालको प्रचारप्रसारको क्रममा ह्वाइट हाउस पुगेका थिए ।

जोर्डन र उनका मित्र सीआइएका पूर्वअधिकारी हवार्ड हन्टले निक्सनको आलोचकको अन्त्य गर्ने योजना बनाएका थिए । डेमोक्रेटको कार्यालय उनीहरूको निसानामा परेको थियो । पछि जोर्डन, हन्ट र अन्य पाँच जनालाई हिंसा भड्काएको, चोरी गरेको र अवैध तार बिछ्याएको आरोपमा २० वर्ष जेल सजाय तोकिएको थियो ।

जोर्डनले आफूमाथि लागेको आरोपको खण्डन गरिरहे । सन् १९७७ मा झन्डै पाँच वर्ष जेल सजाय भोगेपछि डेमोक्रेट राष्ट्रपति जिम्मी कार्टरको समयमा उनी रिहा भएका थिए । जेलबाट छुटेपछि उनी टिभी कार्यक्रम प्रस्तोता हुनुका साथै सेक्युरिटी फर्म चलाएर बसेका थिए ।

वाटर गेट काण्डका अर्का अभियुक्त हन्टको भने ८८ वर्षको उमेरमा सन् २००७ मा निधन भयो । हन्ट पनि ३३ महिना जेल बसेर रिहा भएका थिए । वाटर गेट काण्डको रूपमा इतिहासको यो घटना सधैँ स्मरणमा रहनेछ । साथमा वासिङ्टन पोस्ट, टाइम्स म्यागेजिन र न्यु योर्क टाइम्सले देखाएको बहादुरी संसारका सबै सञ्चारकर्मीका लागि प्रेरणा स्रोत पनि बन्नेछ ।

आज संसारका धेरैका लागि सपनाको देश बनेको अमेरिका त्यत्तिकै अमेरिका बनेको होइन । राजनीतिक नेतृत्वको भ्रष्टाचार, यौन दुराचार र सबै खाले गलत काम त्यहाँको समाजले तिरस्कार गर्दै आयो । त्यस खाले प्रवृत्ति समाजको कुनै पनि तहले स्वीकार नै गरेन ।

आलोचित ती गतिविधिको समयसमयमा चर्चा हुने गरेको छ । अमेरिकाको पहिलो यस्तो सनसनीपूर्ण स्क्यान्डलको रूपमा सन् १७९१ मा भएको हेमिल्टन र रेनोल्डको यौनकाण्ड मानिन्छ । राज्य सभाका कोषाध्यक्ष अलेक्जेन्डर हेमिल्टन र विवाहित महिला मारिया रेमन्डको रोमान्सका कुरा रेमन्डका श्रीमानले थाहा पाएपछि घटना बाहिरिएको थियो ।

यो यौन प्रकरणमा आर्थिक कारोबार पनि जोडिएको थियो । सन् १९९७ मा सञ्चारकर्मीले यी दुईबीचको प्रेमपत्र नै सार्वजनिक गरेपछि हेमिल्टनको सामाजिक र राजनीतिक जीवन सकिएको थियो ।

सन् १७९६ मा प्रान्तीय सांसद विलियम ब्राउन्टलाई सांसद् पदबाट बर्खास्त गरिएको थियो । यसरी सांसद पदबाटै बर्खास्त हुने उनी अमेरिकाको पहिले व्यक्ति थिए । लाउसिना र फ्लोरिडा राज्य बेलायतको अधीनमा पुग्ने खालको भूमिका गरेको आरोपमा ब्राउन्ट बर्खास्त गरिएका थिए ।

त्यसो त जतिखेर विश्व २१औँ शताब्दीको स्वागत गर्दै थियो, सन् १९९९ डिसेम्बरमा सिएनएनको एक रिपोर्टले गएको शताब्दीलाई स्क्यान्डल, बेबकुफी, भोकमरी र झुटको शताब्दीको रूपमा व्याख्या गरेको थियो ।

सन् १९८० यताको समयलाई त धेरैले अपराधीकरण र कुख्यातिको फराकिलो समयको रूपमा पनि व्याख्या गरेका छन् ।

न्यु योर्क विश्वविद्यालयका प्राध्यापक रिचर्ड साइलाका अनुसार भोकमरीसँगको लडाइ समाप्त भएन तर आर्थिक वृद्धि भइरह्यो । त्यसले एक खाले अराजकता पनि निम्त्याएको थियो । मास मार्केटमा पुँजी निर्माण त हुन थाल्यो तर यसैमा केन्द्रित भएर धेरै स्क्यान्डल भए ।

अमेरिकाको जिम्न्यास्टिक टोलीमा एक चिकित्सक थिए । लेरी नासेर नामका यी चिकित्सक चिकित्सा क्षेत्र र खेल क्षेत्रकै सबैभन्दा कुख्यात पात्रको रूपमा चिनिन्छन् । शृंखलाबद्ध बलात्कारका यी अभियुक्तको जीवनलाई आपराधिक जीवन कहानीको रूपमा लिने पर्ने हो तथापि समाचारका पानाहरू कति भरिए भन्ने आधारमा यसलाई शताब्दीको सबैभन्दा बदनाम स्क्यान्डलको रूपमा चित्रण गरिएको छ ।

उनले सन् १९९२ सम्ममा कम्तीमा २६५ जना किशोरीमाथि यौन दुराचार गरेको सन् २०१६ मा पुष्टि भएको थियो । सन् २०१७ मा सङ्घीय कानूनअनुसार उनलाई ६० वर्षको जेल सजाय सुनाइयो । त्यसको एक वर्षपछि मिचिगनको प्रान्तीय अदालतले थप १२० वर्षको जेल सजाय सुनायो । उनी जेलमा छन् ।

लेरीले सन् १९७८ मा १५ वर्षकै उमेरमा नर्थ फार्मिटन हाई स्कुलमा महिला खेलाडीलाई प्रशिक्षण दिन शुरू गरेका थिए । उनले आफ्नो कार्यकालमा विश्वविद्यालयका फुटबल तथा ट्रयाक एन्ड फिल्ड टोलीसँग पनि सहकार्य गरेका थिए ।

सन् १९९३ मा मिचिगन विश्वविद्यालयबाट ओस्टोपेथिक मेडिसिनमा ग्य्राजुएसन गरेपछि उनी चिकित्सकको रूपमा कार्यरत थिए ।

पश्चिमा देशहरूमा हुने यौन दुराचार, करछली र भ्रष्टाचारका काण्डले संसार हल्लिएको इतिहास छ तर सबै काण्ड सञ्चार क्षेत्रले छरपस्ट पार्‍यो । त्यहाँको समाज ठूला व्यक्तिबाट हुने गलत हर्कत सधैँ अस्वीकार गर्छ ।

सन् २०१६ मा खेलाडी राचेल डान होलान्डरले यौन दुराचारको आरोप नलगाउँदासम्म लेरीको कर्तुत ढाकछोप थियो । आरोपपछि उनले पदबाट राजीनामा गरे ।

सन् २०१७ मा अन्य तीन जना जिम्न्यास्ट जेनेट एन्टोलिन, जेसिका अवार्ड र जेमी डान्टसेजरले पनि यस्तै आरोप लगाए । उनीमाथि पहिलो पटक यौन दुराचारको आरोप लगाउने होलान्डरले त सन् २००० मा ५ जना चिकित्सकको भ्रमण भएको समयमा १५ वर्षको उमेरमै लेरीको सिकार भएको बताइन् ।

अन्य केही खेलाडीले लेरीले चेन्जिङ रूममा चियाउने र सांकेतिक आवाज निकाल्ने गरेको आरोप लगाए ।

अदालतमा मिचिगन स्टेट विश्वविद्यालय, अमेरिकी ओलम्पिक कमिटी, अमेरिकी जिम्न्यास्टिक सङ्घ र टी स्टार जिम्न्यास्टिक क्लब पनि प्रतिवादी बनाइए ।

मुद्दा दर्ता भए लगत्तै छानबिनमा सहयोग पुर्‍याउने उद्देश्यले १८ सदस्यीय अमेरिकी जिम्न्यासिटक सङ्घसहित धेरै निकायका अधिकारीले राजीनामा दिए । मिचिगन स्टेट विश्वविद्यालयमा पनि यसले खलबली मच्चायो । विश्वविद्यालय पनि जरिवाना तिर्न बाध्य भयो ।

४९ वर्षीय राष्ट्रपति विल क्लिन्टनको २२ वर्षीय मोनिका लेवनस्कीसँग चलेको रोमान्स अमेरिकाको अर्को चर्चित स्क्यान्डल हो । सन् १९९५ देखि १९९७ का बीचमा राष्ट्रपतिले आफूलाई विभिन्न समयमा गरी नौ पटक यौन हरकत गरेको आरोप मोनिकाले सन् १९९८ मा लगाएपछि संसार हल्लियो ।

ड्रग रिपोर्टमा पहिलो पटक सन् १९९८ को जनवरीमा यो समाचार प्रकाशित भएको थियो । अनुसन्धानमूलक रिपोर्टिङमा प्रख्यात सञ्चारकर्मी माइकल इसिकोफले उक्त तयार पारेका थिए ।

यसबारे थुप्रै छानबिन भयो । बिल क्लिन्टनले मोनिकासँग आफ्नो सम्बन्ध नजिक भए पनि अमेरिकी कानूनले यौन हरकत ठहर गर्ने केही अङ्गमा नछोएको दाबी गरे । यसलाई अदालतले सन्तोषजनक रूपले पुष्टि गर्न सकेन । उनको पद त जोगियो तर यसको प्रत्यक्ष असर सन् २००० को निर्वाचनमा पर्‍यो ।

क्लिन्टनले आफूमाथि सुनुवाइ चलिरहेकै समयमा अलकायदाको प्रभाव रहेको अफगानिस्तानको घोस्टमा आक्रमण गरेका थिए । ‘अपरेसन इन्फनाइट रिच’ नाम दिइएको सो आक्रमणको उद्देश्य संसारको ध्यान अन्यत्र मोड्नुमात्र रहेको आरोप विपक्षी दलले लगाएको थियो । सुडानको राजधानी खार्तुममा रहेको अल सिफा फर्मास्युटिकलको कारखानामा समेत आक्रमण भएको थियो ।

संसारमा अहिलेसम्म बढी चर्चामा आर्थिक भ्रष्टाचार र यौन स्क्यान्डल नै छन् । बीसौँ शताब्दीमा धेरै स्क्यान्डल यौनका थिए भने २१औँ शताब्दीमा आर्थिक भ्रष्टाचार अगाडि आएको छ ।

सबैले उदाहरण मान्ने र युवा पुस्ताले सपनाको देश ठान्ने पश्चिमा देशहरूमा यौन दुराचार, करछली र भ्रष्टाचारका काण्डले संसार हल्लिएको इतिहास छ तर कुनै पनि काण्ड स्वीकार भएन । सञ्चार क्षेत्रले छरपस्ट पार्‍यो । त्यहाँको समाजले ठूला व्यक्तिबाट हुने गलत हर्कत अस्वीकार गर्ने गरेको छ ।

धेरै स्क्यान्डल छन् जसलाई समाजले स्वीकार गरेन । यसैकारण पश्चिमा समाज आफ्नो कमजोरी सुधार्दै प्रगतिको पथमा छ ।

अमेरिकामा राष्ट्रपति पद हल्लाउने वाटर गेट काण्डसँग सम्बन्धित कोही पनि अहिले जीवित छैनन् । अमेरिकामा गल्ती प्रमाणित भए कसैलाई छाडिँदैन भन्ने कुरा पुष्टि गर्ने वाटर गेट काण्ड इतिहासमा सधैँ रहनेछ ।– एजेन्सीहरूको सहयोगमा ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ५५ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार