कोरोना कहर : कुवेतमा एक महिने कर्फ्यू घोषणा | Khabarhub Khabarhub

कोरोना कहर : कुवेतमा एक महिने कर्फ्यू घोषणा


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि नेपाली श्रमिकहरुको गन्तव्य रहेको कुवेतले पछिल्लो केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि मार्च ७ अर्थात आइतबार देखि एक महिने लामो कर्फ्यू लगाउने घोषणा गरेको छ ।

बिहीबार बसेको कुवेतको मन्त्रिपरिषद्ले आइतबार साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरी एक महिना कर्फ्यू लगाउने निर्णय गरेको अरब टाइम्सले जनाएको छ ।

रमजानको धन्य महिनाको सुरु हुनुभन्दा अघि कर्फ्यू हटाइने जनाएको छ । मन्त्रिपरिषद्ले आइतबारदेखि लागू हुने गरी सैलून, नाईक पसल, स्वास्थ्य क्लब र अन्य व्यावसायिक गतिविधिहरू साँझ ५ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा बन्द
गरेर कर्फ्यूको निर्णय पालना गर्न समेत बैठकले अनुरोध गरेको छ ।

कुवेतले केही समयदेखि नेपालसहित उच्च जोखिममा ६८ देशहरूबाट आप्रवासी श्रमिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय जारी रहेको मन्त्रिपरिषद्ले जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या २ लाख नजिक

कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७१६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसंगै सङ्क्रमितको सङ्ख्या १ लाख ९६ हजार ४९७ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्य १ लाख ८३ हजार ३२१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार १०५ रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न अस्पतालहरुमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ७१ रहेछको मन्त्रालयले जनाएको छ ।

जनतालाई भाइरसको फैलावट सीमित गर्न स्वास्थ्य सावधानी, मुख्यतया सामाजिक दूरीको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । कुवेतले सुरुवाती चरणमा संक्रमितको राष्ट्रियता खुलाए पनि पछिल्लो समय राष्ट्रियता खुलाएको छैन । कुवेतमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने त्यहाँस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ११ : २८ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका