आर्थिक विकास नै मुलुकको समृद्धिको आधार : मन्त्री नेम्वाङ | Khabarhub Khabarhub

आर्थिक विकास नै मुलुकको समृद्धिको आधार : मन्त्री नेम्वाङ


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले मुलुकको समृद्धिको आधार आर्थिक विकास बाहेक अर्को नभएको बताएका छन् ।

शुक्रबार नाडा अटोमोवाईल्स एसोसियसन अफ नेपालको ४४ औं वार्षिक साधारण सभामा बोल्दै नेम्वाङले शान्तिको बाटो नै मुलुकको समृद्धिको आधार भएको बताएका हुन् ।

उनले आर्थिक समृद्धिको यात्रा शुरु भइसकेकाले नीजि क्षेत्र र सरकार दुवै मिले मात्रै आर्थिक यात्रामा सफलता पाउने तर्क गरे ।

आर्थिक विकासको बाटोलाई अगाडि बढाउन सरकार र विप्लव समूहबीच भएका सहमतिले राजनीतिक दल र व्यवसायीहरुलाई उत्साहित बनाएको बताउदै उनले विश्व बैकं लगायतले नेपालमा लगानी गर्न सहमत भएको बताए ।

उनले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले नेपालमा ठूलाठूला बाटाहरु निर्माण भइरहेको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ०४ बजे

पोखरामा भालिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम