महिला हिंसाजन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्छ : मन्त्री महतो | Khabarhub Khabarhub

महिला हिंसाजन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्छ : मन्त्री महतो


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसाजन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताएकी छिन् ।

१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार यौनजन्य हिंसा र न्याय विषयक कार्यक्रममा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसाका घटनालाई जरैदेखि उखेलेर फाल्नुपर्ने बेला आएको बताएकी हुन् ।

महिला, कानून र विकास मञ्चले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको ‘यौनजन्य हिंसा र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बलात्कारका घटना मेलमिलापमा मिलाउनेलाई पनि कानूनी कारबाहीका दायरामा ल्याउन लागिएको बताइन ।

“आपराधिक मानसिकता भएकाले बालिकामाथि बलात्कार गर्ने गरेका छन्, महिलाका पक्षमा कानूनी व्यवस्था हुँदाहुँदै सुन्नै नसक्ने घटना भइरहेका छन्, महिला हिंसा अन्त्य गर्न सबैबीच सहकार्य गरेर अघि बढ्न आवश्यक छ, सबै जिल्लामा महिला प्रहरी सेल भए पनि महिला अधिकृत नहुँदा पनि महिला हिंसामाथिको घटना छानबिन र कारबाहीमा प्रभाव परेको छ” मन्त्री महतोले भनिन् ।

महिला हिंसा असभ्यता हो भन्ने वाक्य उल्लेख भएका ब्यानर सार्वजनिक स्थलमा राख्ने गरी फागुन १४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी पनि उनले दिइन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नीतिसमेत सार्वजनिक गर्न लागिएको जनाइएको छ । दिवसका अवसरमा अमेरिकाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार पहिलोपटक नेपाली महिला मुस्कान खातुनले पाउनु पनि गर्वको विषय भएको मन्त्री महतोले बताइन् ।

मन्त्रालयका सचिव यमकुमारी खतिवडाले श्रम शक्तिमा २६.३ प्रतिशत महिला सहभागिता पुगेको उल्लेख गर्नुहुँदै धेरै विषयमा महिला सशक्तीकरण बढेको बताइन् ।

यसैगरी नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशलाल कर्णले बलात्कारका घटनामा एक जनाभन्दा बढी सहभागी भए डीएनए परीक्षणको प्रतिवेदन वास्तविक नआउने गरेको बताए ।

यस्ता घटनामा धेरै लामो समयसम्म प्रमाण नरहने भएकाले छिटो परीक्षण हुनुपर्ने उनले बताए । महिला हिंसाका घटनामा मिसिल बनाउँदा पीडितको नाम परिवर्तन गर्ने गरिएको निर्देशनालयले जनाएको छ ।

महिला हिंसाका घटनामा छानबिनका लागि ५८ जनामात्र महिला प्रहरी अधिकृत भएकाले अप्ठ्यारो भएको प्रहरी नायब महानिरीक्षक कर्णको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले एक दिनमा सात जना महिलामाथि बलात्कार हुने गरेको दुःखद् घटना सुनाउँदै बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ भदौसम्म एक हजार २२१ वटा यौनजन्य महिला हिंसाका घटना भएको बताइन । ९० प्रतिशत बालिकामाथि आफन्तबाटै हिंसा हुने गरेकाले चनाखो हुनुपर्ने उनको भनाइ थियो ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बलात्कारका घटनामा हत्या हुने महिलाको नाम, तस्बिरसहितको विवरण सार्वजनिक हुनु कानुनी व्यवस्था विपरीत भएको बताए ।

‘इन्टरनेशनल एलर्ट’ का देशीय निर्देशक रबिना श्रेष्ठले मधेशमा ५४ र पहाडमा ३२ प्रतिशत महिला हिंसाको घटना हुने गरेको बताइन । महिला हिंसा हुनेमा नेपाल विश्वमै छैटौँ नम्बरमा परेकाले यसमा सुधार ल्याउन सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा उनले जोड दिइन् ।

मञ्चले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सातै प्रदेशमा साताव्यापी कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष गीता अर्यालले जानकारी दिइन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका