दाहाल-नेपाल समूहका अध्यक्ष 'प्रचण्ड' बने संसदीय दलको नेता | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहका अध्यक्ष ‘प्रचण्ड’ बने संसदीय दलको नेता


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको हो ।

बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो ।

आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाहाल–नेपाल समूहको दाबी छ ।

प्रतिनिधि सभा विघटन भएपछि विभाजित नेकपाको दाहाल–नेपाल पक्षले त्यसलगत्तै ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो।

‘यसअघि हामीले हटाउने निर्णय गरेका थियौं तर त्यतिबेला प्रतिनिधि सभा नरहेको हुँदा अहिले थप विधिवत रुपमा चयन प्रक्रिया सुरु गरेका हौं,’ सो दलका प्रमुख सचेतक देव गुरुङले भने ।

नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३४ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा