तीन वर्षपछि विप्लव सार्वजनिक, विशेष समारोहलाई सम्बोधन गर्दै (लाइभ) | Khabarhub Khabarhub

तीन वर्षपछि विप्लव सार्वजनिक, विशेष समारोहलाई सम्बोधन गर्दै (लाइभ)


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ तीन वर्षपछि पहिलोपटक सार्वजनिक भएका छन् । सरकारसँग विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउनेलगायतका तीन बुँदे सहमति भएपछि उनी सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिएका हुन् ।

यसअघि उनी आजै बिहान अनौपचारिक रुपमा नवलपरासीबाट सार्वजनिक भएका थिए ।

सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विप्लव सार्वजनिक भएका छन् ।

बुधबार र बिहीबार ६ चरणमा भएको वार्तापछि भूमिगत नेकपा महासचिव विप्लव सार्वजनिक भएका हुन् । उनीसँगै जेल र हिरासतबाट छुटेका नेता कार्यकर्ता पनि राष्ट्रियसभा गृहमा सार्वजनिक भएका छन् ।

विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ५० बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने