सिके राउत र विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु महत्वपूर्ण उपलब्धिः मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

सिके राउत र विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु महत्वपूर्ण उपलब्धिः मन्त्री ज्ञवाली


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले नेत्रविक्रम चन्द विप्लवका असहमति जायज रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीले लोकतन्त्रमा असहमति शान्तिपूर्ण दायराभित्र रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘जे-जति असहमति छन्, ती शान्तिपूर्ण दायराभित्रै छन्, लोकतन्त्रमा यो स्वाभाविकै हो । यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

मन्त्री ज्ञवालीले सिके राउत र विप्लवलाई शान्तिपूर्ण राजनीतिक क्रियाकलापमा सहभागी गराउन सक्नु सरकारको ठूलो उपलब्धी भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सिके राउत र विप्लवले हिंसात्मक बाटो छाडेर आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत हुनु समकालीन नेपाली राजनीतिका महत्वपूर्ण उपलब्धि हुन् ।’

मन्त्री ज्ञवालीले यससँगै नेपाली राजनीतिका सबै पक्ष राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आबद्ध भएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : ५९ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली