अवरोध छिचोल्दै सरकार अविचलित निष्ठाकासाथ अघि बढिरहेको छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

अवरोध छिचोल्दै सरकार अविचलित निष्ठाकासाथ अघि बढिरहेको छ : प्रधानमन्त्री


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठाकासाथ अघि बढिरहेको बताएका छन् ।

झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ देशको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले देशमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको बताए । उनले जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा जनताको आन्दोलनमाथि निरङ्कुश सत्ताले गरेको दमनको प्रतिवादस्वरुप झापा आन्दोलन सृष्टि भएको उल्लेख गरेका छन् ।

उनले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिस्ट आन्दोलनलाई सवल बनाउन यो आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो।’

उनले भने, ‘त्यस आन्दोलनको सञ्चालन गरिरहँदा हामीले नेपालमा पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रलाई उखेलेर फाल्ने र सामाजिक न्यायसहितको समतामूलक समाज तथा गणतन्त्र स्थापना गर्ने उद्घोष गरेका थियौँ । हामीले त्यस उद्घोषलाई सार्थक बनाउँदै गणतन्त्र स्थापना गरेका छौँ ।’

आजभन्दा ४८ वर्षअघि आजकै दिन त्यस आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर पञ्चायती सत्ताले हत्या गरेको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक आन्दोलन, कम्युनिस्ट, प्रगतिशील र लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस दिनको असाधारण तथा ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै यस क्षणमा नेपालको कम्युनिस्ट आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहीदलाई स्मरण गरेका छन् ।

प्रधानमन्त्रीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँहरुले देश र लोकतन्त्रका लागि, समानता र जनताको अधिकार सम्पन्नताका लागि निरङ्कुश राजतन्त्र ढालेर लोकतान्त्रिक प्रणाली ल्याउन आफ्नो जीवन अर्पण गर्नुभएको थियो ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ५५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका