सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै | Khabarhub Khabarhub

सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

जिल्लाका ६० केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म खोप लगाउने तयारी गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार पहिलो चरणमा फागुन २३ देखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा तथा दोस्रो चरणमा फागुन २६ देखि २८ गतेसम्म चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

कार्यालय प्रमुख चेतननिधि वाग्लेले खोप अभियानका लागि २५६ भन्दा बढी स्वास्थ्यकर्मी, ६०० स्वयंसेवक र चिकित्सकसहितको चार टोली परिचालन हुने बताए ।

त्यस्तै पहिलो चरणमा गत माघ १४ गतेदेखि हालसम्म सुर्खेतमा सात हजार ४७५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकालाई वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाइएको छ । सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ ।

तीन जना नेपालगञ्ज तथा काठमाडौँका अस्पतालमा मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

झापामा ५८ हजार ज्येष्ठ नागरिकलाई कोभिडशिल्ड खोप

बनियानी– कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा झापाका ५८ हजार ५१३ ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ ।

जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । जिल्लाका १५ स्थानीय तहमा दुई चरणमा खोप दिन लागिएको हो ।

फागुन २३ देखि २७ गतेसम्म पहिलो चरणमा माईपूर्वका आठ स्थानीय तह भद्रपुर, मेचीनगर, अर्जुनधारा, विर्तामोड, कचनकवल, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिका ३४ हजार ४५६ जनालाई खोप दिइने प्रमुख पौडेलले बताए ।

त्यस्तै चैत १ देखि ५ गतेसम्म दोस्रो चरणमा माईपश्चिमका सात स्थानीय तह कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, कमल र गौरीगञ्जका २४ हजार ५७ ज्येष्ठ नागरिकलाई खोप दिइने छ ।

“शुरुमा जिल्लाका ५५ वर्षमाथिका एक लाख १४ हजार जनालाई खोप दिने लक्ष्य राखेका थियौँ”, उनले भने, “सरकारले खरिद गर्न लागेको ४० लाख डोज खोपमध्ये २० लाख मात्र आएकाले उच्च जोखिममा रहेको उमेर समूहलाई लक्षित गरेर खोप दिन लागिएका हो ।”

खोप लगाउन जिल्लाभर ६० खोप केन्द्र र ३५० स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ भने खोप अभियान पूरा गर्न १५० दिन लाग्ने कार्यालयले जनाएको छ । प्रत्येक पालिकामा एक एमबीबीएस चिकित्सकसमेत परिचालन गरिने जनाइएको छ ।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईँले खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि जिल्लाका चार अस्पताललाई रेफरल सेन्टरका रूपमा तयारी अवस्थामा राखिएको बताए । मेची प्रादेशिक अस्पताल भद्रपुर, मनमोहन हस्पिटल बिर्तामोड, आम्दा अस्पताल दमक र दमक अस्पताललाई रेफरल सेन्टर बनाइएको छ । खोपको असर काट्ने औषधिसमेत स्वास्थ्यकर्मीसँग तयारी अवस्थामा रहने उनले बताए ।

जिल्लामा पहिलो चरणमा (अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायतलाई) नौ हजार १६७ लाई कोरोनारिुद्धको खोप लगाइएको थियो । तीमध्ये तीन हजार ७९ महिला र छ हजार ८८ पुरुष थिए । सो बेला कसैकसैलाई सामान्य ज्वरो आउने, खोप लगाएको हात सामान्य दुख्नेबाहेक कुनै पनि असर नदेखिएको कार्यक्रम संयोजक चौलागाईँले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ११ : १५ बजे

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई