ओमानमा भिसा अवधि सकिएका नेपालीहरूले मार्चसम्म स्वदेश फर्किन पाउने | Khabarhub Khabarhub

ओमानमा भिसा अवधि सकिएका नेपालीहरूले मार्चसम्म स्वदेश फर्किन पाउने



दोहा – ओमानमा भिसा सकिएका, आवासीय अनुमति पत्रको म्याद गुज्रिएका नेपालीहरूलाई घर फर्कन पाउने अविध मार्च महिनासम्म थप भएको छ ।

ओमान छाड्न चाहने नेपाली कामदारले कुनै पनि किसिमको जरिवाना वा शुल्क नतिरी स्वदेश फर्कन पाउने अविध मार्च महिनासम्म थप गरिएको हो ।

ओमानको श्रम मन्त्रालयले गैरकानुनी तरिकाले बसेका नेपालीहरुको जरिवाना वा शुल्क नतिरी आफ्नो मुलुक फर्किन पाउने अवधि मार्च महिनासम्म थप गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै ओमानमा कामदार अनुमित पत्र तथा भिसा सकिएर वा लामो समयदेखि आफ्नो स्पोन्सरको सम्पर्क बाहिर रहेका दाजुभाई तथा दिदि बहिनीहरूले दूतावासमा अविलम्ब सम्पर्क गर्न अनुरोध गरेको छ।

यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) दूतावासका श्रम सहचारी दिनेश ढकाललाई ७१५९-२५०६ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

यसघि त्यहाँको श्रम मन्त्रालयले विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा गत १५ नोभेम्बर देखि ३१ डिसेम्बर २०२० भित्रमा बिना जरिवाना मुलुक छोड्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १० : ०५ बजे

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै