ओलीले संसद विघटन गरेर मुलुकमा अराजकता फैलाए : अध्यक्ष नेपाल (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीले संसद विघटन गरेर मुलुकमा अराजकता फैलाए : अध्यक्ष नेपाल (भिडियोसहित)


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले ‘घाँडो’ भएको बताएका छन् ।

जनता समाजवादी पार्टीले आज बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका हुन् ।

उनले संविधानमा प्रष्ट व्याख्या गरिएको हुँदाहुँदै पनि स्वेच्छाचारी ढंगले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकमा अराजकता फैलाएको आरोप लगाए ।

‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने।

उनले प्रधानमन्त्री केपी ओलीको अराजकशैलीको पार्टीभित्र विरोध भएको बताए । प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोचेर बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको समेत आरोप लगाए ।

यसैबीच आजै पेरिसडाडामा नेपाली कम्युनिस्ट आन्दोलनका नेता स्वनाम साथीको श्रद्धाञ्जली कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सुझाव दिएपनि नकारात्मक रुपमा लिएको आरोप लगाएका छन । जनताको समस्याका बारेमा प्रधानमन्त्रीलाई सुझाव दिएपनि उनले त्यसलाई स्वीकार नगरेको आरोप लगाए ।

नेता नेपालले नेपालको परिवर्तन र कम्युनिस्ट आन्दोलनमा स्वर्गीय सोनाम साथीको योगदान महत्वपूर्ण रहेको जिकिर गरे ।

हेरौँ भिडियो

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ४ : ३५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही