ला लिगामा भ्यालेन्सिया र काडिजको बराबरी | Khabarhub Khabarhub

ला लिगामा भ्यालेन्सिया र काडिजको बराबरी


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र काडिजले बराबरी खेलेका छन् ।

सोमबार राति भएको खेलमा भ्यालेन्सिया र काडिजले १-१ गोलको बराबरी खेलेका हुन् ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता भने काडिजले बनाएको थियो । खेलको ५८औँ मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७९ औं मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै भ्यालेन्सिया रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।भ्यालेन्सिया १६ अंक जोडेर १७औँ स्थानमा रहेको छ । काडिज २० अंक जोडेर १०औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : ४५ बजे

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।