ईश निन्दा गरेको भन्दै पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाइयो | Khabarhub Khabarhub

ईश निन्दा गरेको भन्दै पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाइयो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– ईश निन्दा गरेको भन्दै पाकिस्तानमा एक श्रीलकाली नागरिकको हत्या गरिएको छ । शुक्रबार पाकिस्तानको सियालकोटमा एक फ्याक्ट्रीमा म्यानेजर पदमा कार्यररत श्रीलंकाली नागरिकलाई जलाएर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सो फ्याक्ट्रीमा सुरुमा ती म्यानेजरले ईश निन्दा गरेको हल्ला फैलिएको र पछि आक्रोशित भीडले उनलाई कुटपिट गरी जलाएको बताइएको छ । सुरक्षाकर्मी भन्दा निकै ठूलो संख्यामा रहेको भीडले उनको हत्या गरेर आगो लगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्णरुपमा जलेको खरानी लिएर प्रहरीहरु अस्पताल पुगेको बताइएको छ ।

यो घटनापछि प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि शुक्रबारको दिन कालो दिन भएको टिप्पणी गरेका छन् । उनले यो निकै दुःखदायी घटना भन्दै दोषीमाथि कारबाही गरिने बताएका छन् ।

पाकिस्तानमा धार्मिक कट्टरपन्थमाथि बहस सुरु भएको छ । उता श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले यो घटनामा दुःख व्यक्त गर्दै दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरेका छन् । एजेन्सी

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०