नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न | Khabarhub Khabarhub

नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । शनिबार भएको मतदानमा १८०४ मतदाता मध्ये १७५२ ले मतदान गरेका छन् ।

निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो ।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरूले नामछुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो ।

खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए । नाम छुटेका तीनै जनाले शुक्रबार मनोनयन दर्ता गराएका थिए ।

मतगणना भने आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु गरिने निर्वाचन समितिले जनाएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : २० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन