फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो | Khabarhub Khabarhub

फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्राङ्क्लिन कुइटे टल्लाले अन्तिम समयमा गरेको गोलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र क्लब संकटा क्लबले बराबरी गोल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा टल्लाले गोल गरेपछि मनाङ र स‌ंकटाले बराबरी २–२ गोलको बराबरी खेले ।

खेलको ३१औँ मिनेटमा निरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता बनाएको थियो । उनले लक्ष्मण रुचालको फ्रि किकलाई सदुपयोग गर्दै हेडमार्फत सेकेन्ड बारमा गोल गरे । ३४औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका लागि दयानन्द सिंहले गोल गरे । पुजन उपरकोटीको फ्रिकिकलाई बक्सभित्र फ्र्यान्कलिन कुइटे टल्लाले मिलाएको एयर बललाई भारतीय मिडफिल्डर सिंहले हेड गोल गरे ।

७०औँ मिनेटमा उत्तम राईले गरेको गोलबाट संकटाले २–१ को अग्रता बनायो । लेफ्ट विंगबाट फोडे फोफानाले दिएको क्रस बललाई बक्सभित्र रहेका भारतीय खेलाडी उत्तम राईले हेडमार्फत पोस्टको दिशा दिए ।

९० मिनेट पछिको इन्जुरी समयमा क्यामरुनका डिफेण्डर टल्लाको गोलसँगै मनाङले हार टारेको हो । बराबरसँगै तीन खेलबाट ५ अंक जोडेको संकटा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा अपराजित रहेको संकटा पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरीमा रोकिदा दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि २–१ को जित दर्ता गरेको थियो ।

यता, मनाङको भने तीन खेलबाट ७ अंक जोड्दै मनाङ दोस्रो स्थानमा छ । मनाङले पहिलो खेलमा जावलाखेल र दोस्रो खेलमा हिमालयन शेर्पालाई समान १–० ले पराजित गरेको थियो ।

आजै हुने दोस्रो खेल अपरान्ह ४ः४५ बजे च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ३ : ५० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न