बेमौसमी वर्षा : एउटै नगरपालिकामा एक करोड ८७ लाखको धान क्षति | Khabarhub Khabarhub

बेमौसमी वर्षा : एउटै नगरपालिकामा एक करोड ८७ लाखको धान क्षति


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– दुई साता अघिको बेमौसमी वर्षाका कारण शितगंगा नगरपालिकामा मात्र १ करोड ८७ लाख रुपैयाँको धानबालीमा क्षति पुगेको छ । नगरपालिकाले १४ मध्ये १३ वडामा क्षतिको विवरण संकलन गर्दा ७ सय ६६ किसानको ७९ हजार क्विन्टल धानमा क्षति पुगेको हो ।

धानबालीमा १ करोड ८७ लाख ७३ हजारको क्षति पुगेकाले प्रदेश र संघ सरकारसँग राहत माग गरिएको उपमेयर टीका रेश्मीले जानकारी दिए।

कहाँ कति क्षति ?
शितगंगा १ मा १३ जना किसानको २ सय ४ क्विन्टल, २ मा १३ किसानको १ सय १४ क्विन्टल, ३ मा ३० किसानको ४ सय ६ क्विन्टल, ४ मा २६ जना किसानको ४ सय ३८ क्विन्टल, ५ मा १६ किसानको १ सय ७७ क्विन्टल र ६ मा २७ किसानको ३ सय १४ क्विन्टल धान क्षति भएको तथ्यांक छ ।

त्यस्तै, शितगंगा ७ मा २५ किसानको ३ सय ३५ क्विन्टल, ८ मा चार किसानको १६ क्विन्टल, १० मा ५० किसानको ६ सय ३० क्विन्टल, ११ मा १ सय २२ किसानको १ हजार ७ सय १५ क्विन्टल, १२ मा ४८ किसानको ६ सय १० क्विन्टल, १३ मा १ सय ४८ किसानको ३ हजार २ सय २ क्विन्टल र १४ मा २ सय ४४ जना किसानको २ हजार ७ सय ९७ क्विन्टल धानमा क्षति पुगेको कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिए ।

संघ सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिका आधारमा राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ४ : १७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र