कपिलवस्तुमा कांग्रेस वडा अधिवेशन अनिश्चित | Khabarhub Khabarhub

कपिलवस्तुमा कांग्रेस वडा अधिवेशन अनिश्चित


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तुको वडा अधिवेशन अनिश्चित बनेको छ। जिल्लाको मायादेवी गाउपालिका वडा नं ३ फुलिकाकामा सिफारिस भएका नयाँ क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा वडा अधिवेशन अनिश्चित बनेको हो ।

कांग्रेस पार्टीमा प्रबेश गरेका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह , राष्ट्रिय सभा सदस्य दिर्ग नारायन पाण्डेय र राजेश बहादुर सिंहले सिफारिस गरेका क्रियाशील सदस्यमा पनि विवाद भएको छ ।
बाँकी विवाद मिलिसकेको तर फुलिकामा वडा समितिद्वारा सिफारिस भएको नामहरु , क्षेत्रीय समितिले सिफारिस गरेर जिल्ला समितिले केन्द्रमा पठाउँदा दोस्रो संबिधानसभाको चुनावमा कांग्रेसका बागी उम्मेदवार भै चुनाव जितेका समानुपातिक सांसद तथा पार्टी केन्द्रीय सदस्य अतहर कमाल मुसलमानको हस्तक्षेपले अधिवेशन हुन नसकेको स्थानीय नेताहरुको भनाइ रहेको छ।

सांसद कमाल जिल्लामा रहँदा पौडेल गुटमा रहने र केन्द्रमा फाइदा लिने बेलामा देउवाको नजिक हुने गरेकोसमेत आरोप लगाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ६ : ४० बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको