भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा | Khabarhub Khabarhub

भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– वि.सं. २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पुर्‍याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

गुनासो सम्बोधनसमेत गरेर कूल ९१ हजार सात लाभग्राहीमध्ये ८९ हजार ३५३ ले सम्झौता गरेर पहिलो किस्ता लिएको पुनःनिमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

सम्झौता गरेकामध्ये घर निर्माण शुरु गरेर ८५ हजार ९०८ अर्थात् करीब ९८ प्रतिशतले दोस्रो किस्ता लिएर डिबिसी गरिसकेको र ९४ प्रतिशतले तेस्रो किस्ता लिएका उनले बताए । अब छ प्रतिशतले तेस्रो किस्ता लिन बाँकी रहेको प्राधिकरणले जनाएको छ । मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाभग्राहीले इञ्जिनीयरले भने बमोजिम घर बनाउने कबुलियतनामा गरेमा अनुदान दिइने निरौलाले जानकारी दिए ।

त्यस्तै पहिलो एकीकृत बस्ती शुरु गरेको जिल्लामा २१ एकीकृत बस्तीमध्ये चारको मात्र केही काम बाँकी छ । सबै बस्तीमा सामुदायिक भवन, सडक, बिजुली, खानेपानीलगायत काममा सहयोग गरिएको उनको भनाइ छ ।

जिल्लाका सरकारी भवन १७ वटा नै निर्माण सम्पन्न भइसकेका छन् । वैशाखमा जिल्ला हुलाक कार्यालय हस्तानतरण गरिएसँगै सरकारी भवन निर्माण सम्पन्न भएको उनले बताए ।

पैतीस स्वास्थ्य संस्थामध्ये केही निर्माण सम्पन्न भएका र अधिकांश निर्माणधीन रहेका छन् । बरुवा, साने सिरुवारीको स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँसबारी अन्तिम चरणमा छ ।

जिल्लामा बन्ने पुरातात्विक सम्पदा गुम्बा सातमध्ये छको डिपिआर भइसकेको छ । मेलम्चीमा एक, हेलम्बुमा चार, ईन्द्रावतीमा एक र लिस्तीकोटमा एक गरी निर्माण गरिने सात गुम्बामध्ये छको डिपिआर भएको हो ।

लिस्तीकोट गुम्बाको पनि चाँडै काम शुरु गरिने उनले जानकारी दिए । निजी आवस निर्माणको समय सीमा २०७८ पुस ९ गतेसम्म भए पनि स्वास्थ भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेर मात्र बिदा हुने निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : ४५ बजे

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका