गीतकार उपाध्यायका ७ गीति कविता सार्वजनिक | Khabarhub Khabarhub

गीतकार उपाध्यायका ७ गीति कविता सार्वजनिक


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व कीर्तिमानी गीतकार तथा कवि साहित्यकार डा. डिआर उपाध्यायले एकसाथ ७ गीति कविता सार्वजनिक गरेका छन् । गिनीज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका चर्चित ५२ वटा विधामा यसअघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मंगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।

यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका १ सय १० म्युजिक ब्याण्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् ।

यी गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्नेछन् । उनले अर्को महिना भित्र करिब ६० वटा विश्व रेकर्ड पुर्याउँदैछन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका