यी हुन नौ ग्रहलाई शान्त गर्ने उपाय | Khabarhub Khabarhub

यी हुन नौ ग्रहलाई शान्त गर्ने उपाय


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रका सबै १२ राशीको स्वामी हुन्छ । यो स्वामी नौ ग्रह मध्ये हुने गर्दछ । कुनै ग्रहको केवल एक राशि त कुनैको २ राशी स्वामी हुने गर्दछ । राशि स्वामी अर्थात ग्रहको शुभ र अशुभ दशा व्यक्तिको जीवन र भविष्यमा पनि पर्दछ ।

ज्योतिष शास्त्रका अनुसार आफ्नो राशिको स्वामी ग्रह शान्त र प्रसन्न गर्न वा कुण्डलीमा भएको ग्रह दोष निवारण गर्न केहि उपाय गर्न सकिन्छ । सूर्य र शनि समेत सबै ९ ग्रहलाई शान्त गर्न नुहाउने पानीमा केहि विशेष चिज मिलाएमा लाभ मिल्न सक्छ ।

सूर्यलाई शान्त र प्रसन्न पार्ने उपाय
सूर्य, सिंह राशिको स्वामी हो । व्यक्ति जसको कुण्डलीमा सूर्यको प्रभाव सही छैन भने त्यस्ता व्यक्तिले नुहाउने पानीमा इलायची, केसर, रातो चन्दन वा रातो रंगको कुनै पनि फूल मिलाएर नुहाउनु पर्दछ । यसले सूर्य ग्रहको अशुभ प्रभाव पनि नष्ट हुन्छ ।

चन्द्रमालाई शान्त र प्रसन्न पार्ने उपाय
ज्योतिष शास्त्र अनुसार चन्द्रमामा कर्कट राशीको स्वामी मानिन्छ । यस्तोमा व्यक्ति जसको कुण्डलीमा चन्द्रमाको अशुभ प्रभाव छ उसले नुहाउने पानीमा सेतो चन्दन वा सेतो रंगको फूल मिलाएर नुहाएमा चन्द्रमाको खराब प्रभाव कम हुने मान्यता छ ।

मंगललाई शान्त र प्रसन्न पार्ने उपाय
मंगल मेष र वृश्चिक राशिको स्वामी हो । जसको कुण्डलीमा मंगल ग्रहको प्रभाव अशुभ छ भने नुहाउने पानीमा रातो लाल चन्दन, हींग र गुलाफको फूल मिलाएर नुहाएमा मंगलको खराब प्रभावक कम हुन्छ ।

बुध ग्रहलाई शान्त र प्रसन्न पार्ने उपाय
बुध ग्रहलाई कन्या र मिथुन राशिको स्वामी मानिन्छ । तसर्थ जसको कुण्डलीमा बुध ग्रहको खराब प्रभाव छ भने यसलाई नष्ट गर्न नुहाउने पानीमा मह, जाइफल र चावल मिलाएर नुहाएमा ग्रह शान्त हुने र शरीर स्वस्थ रहने मान्यता छ ।

बृहस्पती ग्रह शान्त र प्रसन्न पार्ने उपाय
बृहस्पतीलाई धनु र मीन राशिको स्वामी मानिन्छ । व्यक्तिको कुण्डलीमा यस ग्रहको अशुभ प्रभाव छ भने नुहाउने पानीमा बेसार, मह र चमेलीको फूलको पत्र हालेर नुहाएमा बृहस्पती ग्रह शान्त हुने र प्रसन्न हुने मान्यता छ ।

शुक्र ग्रहलाई शान्त र प्रसन्न पार्ने उपाय
शुक्रलाई वृष र तुला राशीका स्वामी मानिन्छ । व्यक्तिको कुण्डलीमा शुक्र ग्रहको अशुभ प्रभाव छ वा शुक्र ग्रहको कृपा प्राप्त गर्नु छ भने नुहाउने पानीमा जाइफल, इलायची, चन्दन र दूध मिलाएर नुहाएमा यसले लाभ दिने मान्यता छ ।

शनि ग्रह शान्त र प्रसन्न पार्ने उपाय
शनि मकर र कुम्भ राशीका स्वामी मानिन्छ । धेरै मानिसको कुण्डलीमा शनि भारी हुने र त्यसको अशुभ प्रभाव रहने गर्दछ । यसबाट बच्न नुहाउने पानीमा सौंफ, कालो तिल र खसखस मिलाकर नुहाएमा लाभ मिल्दछ ।

राहु केतु शान्त र प्रसन्न पार्ने उपाय
राहु र केतुको अशुभ प्रभावबाट बच्न र यसलाई शान्त पार्न नुहाउने पानीमा दुबो, रातो चन्दन र लोबान मिलाएर नुहाएमा यसको खराब प्रभावबाट बच्न सकिने मान्यता छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : ५२ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्