७४ हजार खसीबाख्रालाई पीपीआरको खोप | Khabarhub Khabarhub

७४ हजार खसीबाख्रालाई पीपीआरको खोप


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– खसीबाख्रामा लाग्ने पीपीआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए ।

उनले जनकपुर प्रयोगशालाबाट एक लाख ५० हजार डोज खोप मागेकामा ७४ हजार खोप डोज मात्र पठाइएको बताए । महामारीका रुपमा रहेको पीपीआर रोगविरुद्धको खोप प्रत्येक वर्ष लगाउँदै आए पनि पूर्णरुपमा खोप प्राप्त हुन नसकेकाले कतिपय ठाउँमा खसीबाख्रामा उक्त खोप लगाउन नसकिएको हो ।

पीपीआर रोग सरुवा रोग भएकाले समयमै खोप लगाएपछि अन्य ठाउँमा यो रोग भने सर्न सकेन ।

तीन महिनाभन्दामाथिका खसीबाख्रा, बोका, पाठापाठीलाई सो रोगविरुद्धको खोप लगाइए पनि गर्भिणी बाख्रालाई उक्त रोगविरुद्धको खोप भने लगाउन नहुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : २५ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५