डोनाल्ड ट्रम्प अमेरिकी इतिहासका सबैभन्दा खराब राष्ट्रपति होइनन् ! | Khabarhub Khabarhub

डोनाल्ड ट्रम्प अमेरिकी इतिहासका सबैभन्दा खराब राष्ट्रपति होइनन् !



‘सी–स्पान’ ले डोनाल्ड ट्रम्पको कार्यकाललाई समेत समावेश गर्दै अमेरिकी राष्ट्रपतिहरूको नेतृत्वबारे सन् २०२१ को ऐतिहासिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षण गर्नेहरूले इतिहासका विभिन्न कालखण्डमा बृहत् सैद्धान्तिक र जनसाङ्खिक दृष्टिकोणले राष्ट्रपतीय कार्यकाल नियालिरहेका तथा राष्ट्रपतिका गतिविधि नजिकबाट अध्ययन गरिरहेका १४२ जना भेला पारेका थिए । यसमा समावेश एक जना म पनि हुँ ।

यो नतिजा मेरा समकक्षी इतिहासकारहरूबाट आएको हो । नतिजा अनुसार डोनाल्ड ट्रम्प हाम्रा सबैभन्दा खराब राष्ट्रपति होइनन् । यसमा सबैभन्दा पुछारको स्थान जेम्स बुचाननले नियमित रूपमा ओगटेका छन् । ट्रम्प ४१औँ स्थानमा छन् । तीन जना राष्ट्रपति उनी भन्दा तल छन् ।

जेम्स बुचाननकाबारे अध्ययन गर्ने एउटा इतिहासकारको नाताले म भन्नै सक्दिनँ कि म कति अचम्मित भएँ । यसका बलिया आधार छन् । बुचानन नै अमेरिकी इतिहासका सबैभन्दा खराब राष्ट्रपति हुन् । ‘ड्रेड स्कट’ काण्डमा अदालतमा प्रस्तुत हुने क्रममा उनले अविवेकी शैली देखाएका थिए ।

उनले संविधानमै काला जातिलाई नागरिकको कोटीमा नराख्न र नागरिकको रूपमा व्यवहार नगर्न कथित रूपमै न्यायालयलाई प्रभावमा पारेका थिए । उनको त्यही भूमिकाका कारण उक्त प्रकरणमा उनको डेमोक्रेटिक पार्टी नै दुई चिरामा विभक्त भएको थियो । राज्यलाई सही दिशा दिन एउटा बलियो साथ चाहिएको समयमा उनको यो भूमिका डरलाग्दो गल्ती थियो ।

अझ खराब त अन्य अमेरिकीसँग भिन्न भएरै भए पनि यस गलत कामको निरन्तरताका लागि सात दक्षिणी राज्यको नेतृत्व गरिरहे । उनले यो अभियानमा आफू नरोकिने पनि जनाउँदै गए ।

‘यो कुनै पनि राष्ट्रपतिको अधिकारभन्दा धेरै माथिको कुरा हो, यो मतलब छैन कि शान्ति पुनर्स्थापना गर्न र राज्यहरूका बीचमा सद्भाव कायम गर्न उसको आफ्नै राजनीतिक चाल के हुन सक्छ,’ सन् १८६० मा संसद्मा आफ्नो वार्षिक सन्देश दिने क्रममा उनले भने, ‘उसको विवेकलाई सीमित गर्दै र शक्तिलाई लगाव लगाइए पनि हाम्रो संविधान र कानूनअनुसार एक्लैले सबै पूरा गर्न सक्छ तर त्यो राम्रोका लागि या पापका लागि भन्ने महत्वपूर्ण प्रश्न हो ।’

सही हो या गलत, यसको नतिजाले बुचाननले सधैँ गृहयुद्धलाई प्रश्रय दिएको आरोपसहित उनको आलोचना हुने गरेको छ ।

जे होओस्, डोनाल्ड ट्रम्पले जेम्स बुचाननलाई अन्तिम स्थानमा छाड्ने कुरा सन् २०२१ को हकमा सही सोच पनि मान्न सकिन्छ । वासिङ्टन पोस्ट र एटलान्टिकमा भएजस्तै ट्रम्पको असफलताका ऐतिहासिक मापकका लागि केही तथ्यपूर्ण वैचारिक बहस भएका छन् । मेरा सहकर्मी इतिहासकारहरूले पनि ट्रम्पले ह्वाइट हाउस छाडेलगत्तै यस विषयमा भनेका छन् ।

नयाँ बौद्धिक परम्परामा आम नागरिकको मतको पनि उत्तिकै माने राख्छ । डिसेम्बर २०२० मा फक्स न्युजले गरेको सर्वेक्षणमा ४२ प्रतिशतले ट्रम्पलाई इतिहासले खराब राष्ट्रपतिको रूपमा सम्झने बताएका थिए । अवश्य पनि, इतिहासमा ट्रम्पको स्थानको बारे गरिएको यो सर्वेक्षण राजधानीमै ६ जनवरीमा भएको हिंसात्मक घटना अगाडिको हो, जसको प्रभाव अझै रहेको छ ।

पछिल्लो ग्यालअप पोल सन् २०२१ को ४ देखि १५ जनवरीको बीचमा भएको थियो । यसमा सहभागी प्रत्येक १० मध्ये ६ सहभागीले ट्रम्पको मापन औसतभन्दा तल या कमजोरको रूपमा हुनुपर्ने धारणा राखेका थिए ।

त्यसो भए यो अन्तिम सर्वेक्षणमा ट्रम्प किन पुछारमा रहेनन् । यसका लागि सुरुवातमै सी–स्पानले स्थापना गरेका १० मापदण्डमा ट्रम्प कहाँ रहे भन्ने हेरौँ ।

नागरिकहरूको विश्वास, सङ्कटमा नेतृत्व, आर्थिक व्यवस्थापन, नैतिक जिम्मेवारी, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रशासकीय दक्षता, संसदसँगको सम्बन्ध, कुनै मुद्दामा दृष्टिकोण बनाउने क्षमता, सबैका लागि समान न्यायको सवालमा दृढता र समय सापेक्ष प्रस्तुति सी–स्पानले १० मापदण्ड तयार पारेको थिए ।

नागरिकहरूको विश्वासमा ट्रम्पले धेरै अङ्क पाए । एक पटक उनको उल्लेख्य ट्वीटर फलोअर भएकाले यो अचम्म पनि होइन । ऐतिहासिक रूपले उनको कार्यकालमा कर उठाइएका कारण आर्थिक व्यवस्थापनमा पनि उनले राम्रो अङ्क पाए ।

दुई वटा महाभियोगको सामना गरेका उनी नैतिक जिम्मेवारीमा सबैभन्दा पुछारमा रहे । कोभिड १९ को महामारी नियन्त्रणमा उनको भूमिकाका कारण उनी अपेक्षा गरिएअनुसार प्रशासकीय दक्षतामा पनि पुछारमै रहे ।

ट्रम्पको बरियता उनको ठिकअघिका राष्ट्रपतिसँगको तुलनामा पनि निर्भर रहेको छ । सन् २०१७ मा फर्कने हो भने बाराक ओबामाको कार्यकाल ‘आउट स्ट्यान्डिङ’ अर्थातथ ‘औसतभन्दा माथि’ भन्नेमा करिब आधा आधा मत विभाजित थियो ।

अहिले कमसेकम जेम्स बुचानन हाम्रा खराब राष्ट्रपतिको रूपमा रहेका छन् । लामो समयको अन्तरालमा डोनाल्ड ट्रम्पले बुचाननलाइ नै हाम्रो इतिहासकै खराब राष्ट्रपतिको रूपमा रहन दिन्छन् कि दिँदैनन, त्यो त समयले नै बताउला ।

सन् २०१७ कै सी–स्पानको राष्ट्रपतीय कार्यकालको ऐतिहासिक सर्वेक्षणमा ओबामा १२औँ स्थानमा थिए । अहिले ओबामा १०औ स्थानमा परेका छन् ।

उत्तराधिकारीसँगको तुलनाको कारण पनि ओबामाको स्थानमा सकारात्मक प्रभाव परेको हो ।

परन्तु, ट्रम्पको तुलनात्मक खराब कार्यकालले उनको स्थान तल्लो वरियतामा सुनिश्चित गरेको भए पनि उनकै असक्षमताका कारण तल्लो वरियताका अन्य राष्ट्रपतिको प्रोफाइलमा सुधार गरेको छ । यथार्थमा तल्लो क्रमका एक चौथाइ राष्ट्रपतिको स्थानमा भने ट्रम्पको कारण प्रभाव परेको देखियो ।

बुचानन बाहेक एन्ड्रयु जोन्सन (४३औँ), फ्राङक्लिन पियर्स (४२औँ) र विलियम हेनरी ह्यारिसन (४०औँ) बरियतामा डोनाल्ड ट्रम्पसँगै पुछारको पाँचमा रहेका छन् ।

त्यसो भए तल्लो स्थानका लागि डोनाल्ड ट्रम्पले जेम्स बुचाननलाई किन पछि पारेनन् ? यसको सबैभन्दा शक्तिशाली स्पष्टीकरण ऐतिहासिक जडत्वको संस्करण नै हो । एक पटक इतिहासकारहरूले राष्ट्रपतीय कार्यकाललाई एक ठाउँमा राख्ने निर्णय गरेपछि उनीहरूले त्यो आधारलाई छाडेको अमेरिकी इतिहासमा सायदै फेला पर्छ ।

यसै समय, ऐतिहासिक पुनर्मूल्यांकनका केही उल्लेख्य अपवाद भने छन् । सन् २००० मा ३३औँ स्थानमा रहेका युलियस एस ग्रान्ट अहिले आरामसँग २०औँ स्थानमा छन् । ग्रान्टको हकमा उनले कु क्लु क्लानलाई ‘इन्फोर्समेन्ट एक्ट’ मार्फत दबाउन ठूलो बल लगाएका थिए, जसले कार्यकारीको आत्मबल र उत्साहमा वृद्धि भएको थियो ।

जडत्वका अलावा, जसरी भए पनि इतिहासमा दूरदृष्टि लगाउँदा ट्रम्प किन पुछारमा रहेनन् भन्ने विवरण पाइन्छ । जबकि, अहिले ट्रम्पलाई इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भन्नु स्वाभाविक भइसक्यो । वर्तमानका गतिविधिमात्र नभई इतिहासकारहरूले धैर्यपूर्वक विगतका घटनालाई ध्यान दिएका छन् ।

यो जान्न कठिन छ कि ट्रम्प आगामी दिनमा कसरी बरियतामा उक्लने छन् । उनले तिनै जर्ज डब्ल्यु बुसकै कोर्स पछ्याउन पनि सक्ने छन् जो २००९ को सी–स्पान सर्वेक्षणमा ३६औँ स्थानमा थिए, तर १२ वर्षपछि समग्रमा २९औँ स्थानमा रहे ।

त्यसको उल्टो, रिचर्ड निक्सन २००० को पोलमा २५औ स्थानमा थिए तर अहिले तल झरेर ३१औँ स्थानमा पुगेका छन् ।

मलाई सोध्ने हो भने डोनाल्ड ट्रम्पलाई ४४ मध्ये ४३औँ स्थानमा राख्ने थिएँ । उनीसँग प्रायः तुलना गर्ने गरिएका एन्ड्रयु जोन्सनभन्दा मात्र उनलाई माथि राख्थेँ ।

स्पष्ट रूपमा साम्प्रदायिक र राजनीतिक रूपमा उद्दण्ड जेम्स बुचाननलाई भने दुई स्थान माथि राख्ने थिएँ तर यो प्रजातान्त्रिक अमेरिकामा अरूको जस्तो मेरो पनि एक मत हो ।

अहिले कमसेकम जेम्स बुचानन हाम्रा खराब राष्ट्रपतिको रूपमा रहेका छन् । लामो समयको अन्तरालमा डोनाल्ड ट्रम्पले बुचाननलाइ नै हाम्रो इतिहासकै खराब राष्ट्रपतिको रूपमा रहन दिन्छन् कि दिँदैनन, त्यो त समयले नै बताउला ।

 (थोमस बाल्स्रेस्की अमेरिकी इतिहासका ज्ञाता हुन् । उनले बोसम फ्रेन्ड्स : त इन्टिमेट वर्ल्ड अफ जेम्स बुचानन एन्ड विलियम रुफ्स किङनामको प्रख्यात पुस्तक लेखेका छन् । सिएनएनमा १ जुलाई मा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : २५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका