सङ्खुवासभाको तुम्लिङ्टारमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान | Khabarhub Khabarhub

सङ्खुवासभाको तुम्लिङ्टारमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाजले परीक्षण उडान गरेको छ ।

जहाजले काठमाडौँ–तुम्लिङ्टार परीक्षण उडान गरेको हो । तुम्लिङ्टार विमानस्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परीक्षण उडान गरेको बुद्ध एयर तुम्लिङ्टार कार्यालयका सिनियर अफिसर राजीव पोखरेलले बताए ।

पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेसनलगायत बुध्द एयरका अपरेसन तथा टेक्निकलसहितको टिमले विमानस्थलको अनुगमनसमेत गरेको अफिसर पोखरेलले जानकारी दिए । उनले भने, “आजको परीक्षण उडान सफल भयो, दुई हप्ताभित्र यसको रिपोर्ट आउने छ ।” रिपोर्टमा तुम्लिङ्टार विमानस्थलमा ७२ सिटको उडान योग्य भनी सिफारिस गरे एटीआर–७२ ले उडान शुरु गर्ने पोखरेल बताए ।

लकडाउनको केही दिनअघि बुद्धले ४७ सिटको जहाजले काठमाडौँ–तुम्लिङ्टार, तुम्लिङ्टार–विराटनगर उडान शुरु गरेको थियो । बुद्धले हप्ताको सातै दिन काठमाडौँ–तुम्लिङ्टार र हप्ताको तिन दिन (आइतबार, बुधबार र शुक्रबार) तुम्लिङ्टार–विराटनगर उडान गर्दै आएको थियो । तुम्लिङ्टारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेका छन् । यती एयरको ३२ सिट क्षमताको जहाजले उडान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन