जसपा सरकारमा जाँदै, ८ मन्त्री र २ राज्यमन्त्री पाउने | Khabarhub Khabarhub

जसपा सरकारमा जाँदै, ८ मन्त्री र २ राज्यमन्त्री पाउने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच आज दिउँसो बालुवाटारमा भएको छलफलपछि जसपा सरकारमा जान तयार भएको हो । प्रधानमन्त्री ओलीसँगको छलफलमा उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने सहमति भएको छ ।

वरिष्ठ नेता महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने भएका छन् ।

महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।

जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् । आजै बेलुकी ८ बजे नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूको सपथ ग्रहण समारोह राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ५ : ५८ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने