मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौँ : मन्त्री अर्याल | Khabarhub Khabarhub

मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौँ : मन्त्री अर्याल


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताएकी छिन् ।

केही दिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछी कृषिमन्त्री अर्यालले आज कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन/निरीक्षण गरेकी हुन् ।

कम्पनीमा मौज्दात रहेको मलको निरीक्षण पश्चात् आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नभएको बताइन् ।

तर कोभिड-१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भए पनि गुनासो आउने बित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताइन् ।

‘यो सिजनको बाली लगाउने प्रयोजनका निम्ति साउनसम्म हामीसँग मल स्टक छ । अहिलेसम्मको तथ्यले/प्रमाणले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या छैन’, मन्त्री अर्यालले भनिन्, ‘मलको वितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौँ । कोभिडका कारण बितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आयो । त्यसलाई तत्काल समाधान गर्नेगरी हामी अगाडी बढिसक्यौं अहिले त्यो समस्या पनि समाधान भइसक्यो ।’

कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा बितरणमा समस्या देखिएको गुनासो/टिप्पणी आएपनि अहिले त्यसको समाधान भइसकेको उgको भनाइ थियो ।

यसको विषयमा मन्त्रीपरिषदमा समेत छलफल गरेर समाधान गरिएको उनले बताइन् ।

आफू मन्त्रालयको नेतृत्वमा आएदेखि नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै मन्त्री अर्यालले मलको बितरण गर्दा दैनिक आपुर्ती र बितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिइन् ।

कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखिकन मलको आपुर्तीमा ध्यान दिन उहाँले कर्मचारीहरुलाई निर्देशन दिइन् ।

‘मल ढुवानीमा देखिएको समस्या हामीले तत्काल सहजीकरण गरिसकेका छौँ । कोभिड संक्रमणलाई समेत ध्यानमा राखेर कर्मचारीहरुको स्वास्थ्यको समेत ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई नियमित रुपमा मल बितरण कार्यमा लाग्नुस’, मन्त्री अर्यालले भनिन्, ‘फलाना ठाउँमा जाँदा मल पाइएन भन्ने ढंगले किसानको गुनासो आउने अवस्थाको सिर्जना नहोस् । यसमा तपाइहरु सचेत रहनुहोला ।’

मल वितरण गर्दा कृषकहरुको पहिचान सहित मल वितरण गर्न निर्देशन दिँदै मन्त्री अर्यालले सहकारी संस्थाहरुले मल लैजाने सन्दर्भमा एकचोटी मल लगिसकेपछी त्यसको उचित वितरणको अवस्था, मूल्य खुल्ने व्यवस्थित दस्तावेज सहित माग गर्न आउनेलाई मात्र पुनः मल उपलब्ध गराउन निर्देशन दिइन् ।

मलको समस्या दीर्घकालका लागि समेत समाधान गर्न सरकार निरन्तर लागिरहेको भन्दै उनले त्यसैका निम्ती मल कारखाना स्थापना गर्ने प्रकृया अगाडी बढेको बताइन । त्यसैका निम्ति सरकारले बजेटको समेत व्यवस्था गरिसकेको भन्दै उनले यस योजनालाई सफल बनाउन सबै लाग्नुपर्ने बताइन् ।

आफ्नै पालामा उत्तरी नाकाबाट समेत मल ल्याउन सफल भएको भन्दै उनले मलको व्यवस्थाका निम्ति भारतसँग सम्झौता गर्ने प्रकृयामा रहेको बताइन् ।

भारतसँगै बंगलादेश, चाइना, ओमान लगायतका देशहरुसँग समेत मलको विषयमा छलफल अगाडी बढेको भन्दै मन्त्री अर्यालले ती देशहरुबाट सकारात्मक सन्देश प्राप्त भएको बताइन् ।

मलको समस्या छैन : कृषि सामग्री कम्पनी/साल्ट ट्रेडिङ

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको बताएको छ । मलको हालको अवस्थाको बारेमा जानकारी दिँदै शुक्रबार यी दुई कम्पनीले मलको समस्या नरहेको जानकारी दिएको हो ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन यूरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डिएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको हो ।

सो अवसरमा ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी दिइएको थियो ।

जम्मा मौज्दात रहेको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २ सय ४ मेट्रिक टन यूरिया, १४ हजार ४ सय ४४ मेट्रिक टन डिएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

रासायनिक मलको अभाव नरहेको र ढुवानीमा देखिएको समस्या पनि सरकारले समाधान गरिसकेकाले ढुक्‍क रहन कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ९ : १५ बजे

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान