साउदीमा बक्यौता भुक्तानीपछि मात्रै एक्जिट भिसा दिइने | Khabarhub Khabarhub

साउदीमा बक्यौता भुक्तानीपछि मात्रै एक्जिट भिसा दिइने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदीबाट एक्जिट भिसा पाउन बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने नियम लागू भएको छ । नेपालीको रोजगार गन्तब्य साउदी सरकारले अब एक्जिट भिसा लगाउनु अघि गाडी, मोबाइल, बैंकलगायत अन्यको बिल भुक्तानी गरेको हुनुपर्ने नयाँ प्रावधान ल्याएको हो ।

साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात) कार्यलयले अनुसार बुधबार अर्थात जुन २ तारिखदेखि नै साउदी अरब छोड्ने एक्जिट भिसाका सम्बन्धमा बिभिन्न नियमहरु सार्वजनिक गरेको छ ।

एक्जिट भिसा लिनु, दिनु अघि जाने ब्यक्तिका नाममा गाडी दर्ता देखिनु हुन्न, कुनै पनि तिरन तारण (जस्तैः मोबाइलका बिल, बैंकका लोन आदि) बाँकी देखिन नहुने जनाएको छ ।

एक्जिट भिसा म्याद सामान्यतयाः ६० दिनको हुन्छ तर वर्तमान नयाँ नियम (सुविधा) बमोजिम कामदार स्वयमले निकालेको एक्जिट भिषाको म्याद १५ दिनको मात्रै हुन्छ, अर्थात यो भिसा जारी भएको मितिले १५ दिनभित्र साउदी अरब छोडिसक्नु पर्ने पासपोर्ट महानिर्देशनालयलाई उदृत गर्दै साउदी गजेटले जनाएको छ ।

तोकिएको म्याद भित्र कामदारले साउदी नछोडेमा कम्पनी या मालिकले एक हजार रियाल जरिमाना तिर्नुपर्नेछ । यसैगरी, करार अवधि नसकिदै साउदी छोडेमा पुन: फर्किन नपाउने गरी प्रतिबन्ध लगाइने महानिर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६