२ बच्चाकी आमाले प्रेमीसँग मिलेर गरिन् श्रीमानको हत्या, शवलाई टुक्रा पारेर भान्सामा गाडियो | Khabarhub Khabarhub

२ बच्चाकी आमाले प्रेमीसँग मिलेर गरिन् श्रीमानको हत्या, शवलाई टुक्रा पारेर भान्सामा गाडियो


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेमीसँग मिलेर भारतमा २ सन्तानकी आमाले आफ्नै श्रीमानको अत्यन्तै क्रुर तबरमा हत्या गरेको घटना सार्वजनिक भएको छ ।

भारतको मुम्बाइमा २७ वर्षीया शाहिदाले आफ्नो प्रेमीसँगै मिलेर श्रीमानको हत्या गरि शवलाई चार टुक्रा पारेर भान्सामा गाडिएको खुलेको हो ।

भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार शाहिदाका श्रीमान रईस शेख एक कपडाको पसलमा काम गर्थे । उनीहरुको ६ वर्षकी छोरी र साढे २ वर्षको छोरा थिए । शाहिदाका श्रीमान रईसले शाहिदालाई उनको प्रमीसँग आपत्तती जनक अवस्थामा देखेपछि उनीहरुबीच झगडा भएको थियो । शाहिदाले चक्कुले श्रीमानको घाँटी रेटी हत्या गरेकी थिइन् ।

हत्या पछि प्रेमीसँग मिलेर शाहिदाले टुक्रा टुक्रा बनाई शव भान्सामा गाडेकी थिइन् । हत्या भएको दिन छोरीले सबै कुरा देखिन र शाहिदाले कसैलाई यो कुरा नभन्न धम्की दिएकी थिइन् । यदि भनिस भने तिमीहरुको पनि यस्तै हालत गर्छु भने पछि उनीहरु चुपचाप बसेका थिए ।

निकै दिनसम्म पनि रईसको पत्ता नलागे पछि छिमेकीले प्रहरीलाई उनी हराइरहेको जानकारी गराए । तीन दिन पहिले रईसका भाइ गाँउबाट मुम्बइ आए र ६ बर्षीया बच्चाले सबै कुरा उनलाई बताएपछि उनी प्रहरी कहाँ पुगेका थिए । त्यसपछि घटनाको बास्तविकता बहिर आएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : १२ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश