दमक नगरपालिकाले थाल्यो निशुल्क पीसीआर परीक्षण | Khabarhub Khabarhub

दमक नगरपालिकाले थाल्यो निशुल्क पीसीआर परीक्षण


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै दमक नगरपालिकाले संक्रमितहरुको पहिचानका लागि निशुल्क पीसीआर परीक्षण शुरु गरेको छ ।

कोरोनाको पहिलो लहरका बेला समेत निशुल्क परीक्षण सेवा दिएको नगरपालिकाले दोश्रो लहर तीव्र बनेपछि पुनः निशुल्क परीक्षण थालेको हो । दमक २ स्थित कोभिड अस्पतालमा मंगलबार पहिलो दिन ३२ जनाको स्वाव संकलन गरिएको छ ।

दमक नगरपालिकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा नगरबासीलाई लक्षित गरी पीसीआर परीक्षण शुरु गरेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

सातामा दुई पटक गरी प्रत्येक साता १ सय जना शंकास्पद संक्रमित, विपन्न परिवारका व्यक्ति तथा चिकित्सकले सिफारिस गरेका व्यक्ति तथा कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको पीसीआर परीक्षण गरिने नगरपालिकाकी उपप्रमुख गीत अधिकारीले जानकारी दिइन् ।

दमकमा संक्रमित सय नाघे

कोरोनाको दोश्रो लहर फैलिएपछि दमकमा मात्रै कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । मंगलबारसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या १ सय १ पुगेको नगरपालिकाले जनाएको हो ।

संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ भने ८ जना संक्रमणमुक्त भइसकेका छन् । हाल ३३ महिला सहित ९१ जना सक्रिय संक्रमित रहेको नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपमेयर अधिकारीले बताइन् ।

दमक नगरपालिकाले वडा नं. २ मा कोभिड उपचार केन्द्र समेत सञ्चालनमा ल्याएको छ । त्यसमा हाल तीन महिला र चार पुरुष उपचाररत छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : १४ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,