संसद छलेर ल्याइएको अध्यादेशप्रति कांग्रेसको आपत्ति | Khabarhub Khabarhub

संसद छलेर ल्याइएको अध्यादेशप्रति कांग्रेसको आपत्ति


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद छलेर अध्यादेश जारी गरेको भन्दै गम्भिर आपत्ति प्रकट गरेका छन् ।

सरकारले आजमात्रै ७ वटा अध्यादेश जारी गरेपछि सभापति देउवाले विज्ञप्ति जारी गर्दै अध्यादेश जारी गर्ने सरकारी निर्णयको भर्त्सना गरेका हुन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ ।’

सभापति देउवाले संवैधानिक परिषद सम्बन्धीसहितका ७ वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : २० बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको