भक्तपुरमा सुत्केरी सेक्ने क्रममा निसास्सीएर एकजनाको | Khabarhub Khabarhub

भक्तपुरमा सुत्केरी सेक्ने क्रममा निसास्सीएर एकजनाको


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सुर्यविनायक नगरपालिकामा सुत्केरी सेक्ने क्रममा निसास्सिएर एकजनाको मृत्यु भएको छ । दुईजना बिरामी भएका छन् ।

प्रहरीका अनुसार सुर्यविनायक नागरपालिकास्थित आफ्नै डेरामा तीन जना अचेत अवस्थामा फेला परेका थिए तीनमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको तिमाल घर भएका २२ वर्षीया सुनिता तामाङ छिन् भने १८ वर्षीया अनिता तामाङ र ४० वर्षीया आमा शान्तिमाया तामाङ गम्भीर बिरामी छन् । उनीहरुको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द गरिएको थियो । झ्याल ढोका फोडेर हेर्दा तीन जना अचेत अवस्थामा भेटिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

कोठामा सुत्केरी सेक्नका लागि कोइला बालेकाले उनीहरूको निसासिएर घटना भएको हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  २ : २० बजे

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल