हाच्छिउँ रोक्दा गम्भीर समस्या ! | Khabarhub Khabarhub

हाच्छिउँ रोक्दा गम्भीर समस्या !


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सामान्यता मानिसहरु अरुले हाच्छिउँ गरेको राम्रो मान्दैनन् । अझ अहिलेको कोरोना महामारीका बेला कसैले सामुन्नेमा हाच्छिउँ गरेमा यसलाई अनर्थ मान्दछन् । त्यसैले कतिपयले हाच्छिउँ आए यसलाई रोक्ने गर्दछन् । तर के राम्रो हुन्छ त ?

हाच्छिउँ रोक्नु स्वास्थ्यकालागि राम्रो मानिँदैन । यो प्राणघातक पनि हुन सक्छ । चिकित्सकहरुका अनुसार हाच्छिउँ आउँदा यसलाई रोक्न नाक र मुख बन्द गरियो भने यो गम्भीर हुन सक्छ ।

बेलायतको लेस्टर शहरका एक ३४ वर्षीय व्यक्तिको उपचारमा पत्ता लागेको तथ्य अनुसार उनमा हाच्छिउँ रोक्ने कोसिसका कारण घाँटीका कोशिकाहरु फाटेका थिए । साइन्स जर्नल बिएमजे केस रिपोर्टमा चिकित्सकले बताए अनुसार जब मानिसले हाच्छिउँ रोक्ने कोसिस गर्दछन् यसबाट कानमा असर पर्न सक्छ । साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ ।

चिकित्सकका अनुसार नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ । त्यसैले यसो गर्नबाट बच्नु जरुरी छ । हुनत हाच्छिउँबाट धेरै रोगहरु फैलिन सक्छ । यस्तोमा बरु मास्क लगाएर नै हाच्छिउँ गर्नु नै उत्तम हुन्छ । यसो गर्दा आफूमा भएको संक्रमण अरुमा सर्न पनि पाउँदैन । आफूलाई पनि हानि हुदैँन । त्यसैले कुनै किसिमको क्षतिबाट बच्न निर्धक्क हाच्छिउँ गर्नु राम्रो हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : ०५ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्