नेपाली दूतावास साउदीका कर्मचारीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

नेपाली दूतावास साउदीका कर्मचारीलाई कोरोना संक्रमण


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासका एक जना कर्मचारीलाई

कोरोना संक्रमण भएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरिएको हो ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि कर्मचारी कोभिड-१९ बाट संक्रमित भएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा तीन दिनका लागि बन्द गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले आजदेखि बिहीबारसम्मका लागि माथि उल्लेखित सेवा बन्द गरिएको जनाएको छ ।

यसअघिको सूचनामा राहदानी सेवाको लागि वैशाख २४ गते शुक्रबार सार्वजनिक विदाको दिन दूतावास खुल्ला रहने जानकारी गराइएकोमा सो दिन उक्त सेवा पनि बन्द रहने जनाएको छ ।

साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी रहेको सूचनामा भनेको छ ।

यस अवस्थामा अत्यावश्यक कामपरी दूतावासमा सम्पर्क गर्नुपरेमा दूतावासको ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सम्पर्क गर्न र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सिधा सम्पर्क गर्न समेत अनुरोध छ ।

विषयसँग सम्बन्धित कर्मचारीको मोवाइल नं. (https://sa.nepalembassy.gov.np/embassy-of-nepal/) मा राखिएको छ । यसका अतिरिक्त दूतावासको हटलाइन नं. ०५५९३८९६०० र इमेल ठेगानाः [email protected] मार्फत् समेत आफ्नो समस्या राख्न सकिने जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ३० बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।