ओलीले 'गुट भेला गरेर गुण्डाहरु भर्ती गरेको' नेता खनालको आरोप | Khabarhub Khabarhub

ओलीले ‘गुट भेला गरेर गुण्डाहरु भर्ती गरेको’ नेता खनालको आरोप


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गुट भेला गरेर ‘गुण्डाहरूलाई पार्टीमा भर्ती’ गरेको आरोप लगाएका छन्।

आइतबार काठमाडौं जिल्लास्तरीय भेलामा सम्बोधन गर्दै उनले ओलीको गुटबन्दीकै कारण पार्टी यो अवस्थामा पुगेको दाबी गरे ।

‘ओलीले बालुवाटारमा गुटको भेला गरेर गुण्डाहरूलाई पार्टीमा भर्ती गर्न थाले, पुँजीपतिलाई केन्द्रीय सदस्य वितरण गरे,’ उनले भने, ‘नयाँ ढंगले अगाडि जान खोज्दा ओलीले आलटाल मात्र गरिरहे ।’

सम्बोधनकै क्रममा उनले ओलीले दुईतिहाइ बहुमत सहन नसकेको समेत आरोप लगाए । उनले दक्षिणपन्थी अवसरवादीको कारणले पार्टीभित्र समस्या भएको समेत बताए ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलन एकता गर्ने प्रस्ताव सहमति गरेका थियौँ। ओलीले भित्रभित्रै अनेक सम्झौता गरेका रहेछन्। विचार र कार्यक्रमअनुसार अगाडि ल्याएनन्।’

ओली जहिले पनि कसरी सत्तामा पुग्ने र कसरी पद हासिल गर्ने भन्नेतिर मात्र एकोहोरो भएर लागेको आरोप लगाए।

उनले ओली र उनको समूहलाई दक्षिणपन्थी अवसरवादबाट निर्देशित भएको उल्लेख गर्दै आफ्नो समूह भने समाजवादको लक्ष्यसम्म पुग्न दृढ संकल्पित रहेको दाबी गरे।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : ०० बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको