स्रोत नखुलेको ४३ लाख र छडके तिलहरीसहित नागढुङगाबाट १ जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ४३ लाख र छडके तिलहरीसहित नागढुङगाबाट १ जना पक्राउ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ प्रहरीले शनिबार साँझ ८ बजे दाङबाट आएको यात्रुबाहक बसबाट ४३ लाख रुपैयाँ नगद र नौथान तिलहरी बरामद गरेको छ ।

नागढुंगा चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाडौँ तर्फ आउदै गरेको प्रदेश नम्बर ३-०१-००- ६ ख ०९१२ नम्बरको यात्रु बाहक बसको प्यासेजमा कार्टुनमा कार्टुन टेपले पुरै बेरिएको अवस्थामा रकम बरामद भएको हो ।

कार्टुन भित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र नेपाली बिनिमय हजार दरको १००० (हजार दर) को ३९०० (उन्नाचालीस) थान र नेपाली ५०० (पाँच सयदरको) ८०० (आठ सय) थान गरी त्रिचालिस लाख रूपैयाँ फेला परेको हो ।

प्रहरीले सोधपुछ गर्दा उक्त रकम तथा सामान जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–५ सन्दिप कौशलको रहेको खुलेको थियो । प्रहरीले बरामद रकम र पक्राउ परेका कौशलका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १० : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६