नेकपा ओली समूहले बोलायो संसदीय दलको बैठक | Khabarhub Khabarhub

नेकपा ओली समूहले बोलायो संसदीय दलको बैठक


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले फागुन २२ गतेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओलीसमूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

‘संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्रीले २२ गते दिउँसो ३ बजे बैठक बोलाउनुभएको छ। अब कसरी जाने भन्ने विषयमा बैठकमा छलफल हुन्छ’ उपनेता नेम्वाङले भने ।

प्रचण्ड माधव समूहले भने बिहिबार सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ०५ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको