सरकारमा सहभागिताबारे कांग्रेस जनअपेक्षा अनुसार अघि बढ्छ : प्रवक्ता शर्मा | Khabarhub Khabarhub

सरकारमा सहभागिताबारे कांग्रेस जनअपेक्षा अनुसार अघि बढ्छ : प्रवक्ता शर्मा


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा सहभागिताका बारेमा एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय गर्ने जनाएको छ ।

बिहीवार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जनअपेक्षा र संविधान अनुसार नै उपयुक्त समयमा सरकारका बारेमा निर्णय लिइने जनाएको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार संसदीय दलले निर्णय नगरी अहिले नै सबै कुरा भन्न नमिल्ने बताए ।

उनले शुक्रबार संसदीय दलको बैठक बसेर सवै बिषयको निर्णयमा पुगिने तर्क गरे । यसपल्ट इन्जुरी टाइममा गोल गर्ने उनले बताए ।

बैठकमा संवैधानिक, राजनीतिक कोण, संविधानको हित लगायतका विभिन्न कोणबाट पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको उनले बताए ।
स्रोतका अनुसार सरकारको नेतृत्वको जिम्मेवारी पाए कांग्रेस अघि बढ्नुपर्ने पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव छ ।

त्यस्तै प्रवक्ता शर्माले विप्लव समूहसँग सरकारको सहमति सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे जानकारी नआएकाले यस बिषयमा पछि टिप्पणी गर्ने बताए ।

उनले संविधानको परिधिभित्र रहेर सरकार र बिप्लव समूह समस्याको समाधान गर्नेतर्फ उन्मुख हुनुपर्ने जनाए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ८ : ५० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका